खडक ब. कोलि / कञ्चनपुर : मन्त्र अस्पतालका निर्देशक गोविन्द रोकायले नगर विकास घोटाला काण्ड प्रकरण बिरुद्द आमरण अनसन बसेका क्रान्तिकारी कम्युनिष्ट पार्टीका तीन युवानेताहरुको स्वास्थ्य परिक्षण गरेका छन। परिक्षण गरेकाहरु मध्ये दिपेन्द्र सिह ऐरि र जय बहादुर रोकाया र निरज वि.क रहेका छन् । अरुको स्वास्थ्य अवस्था अवस्था सामान्य रहेको छ भने निरज बि। क। को अवस्था शरिरमा अक्सिजनको मात्रा कम भएको निर्देशक रोकायाले बताएका छन। उनका अनुसार अक्सिजनको मात्रा कम हुँदै गएपछि बिस्तारै मुटु, कलेजोमा असर पर्ने हुन्छ ।

नगर विकासको ६ सय ३८ विगाह ६ कट्टा ८ धुर जमिन गैर कानुनि रुपमा गुरु योजना मिचेर सार्वजनिक एवम निजी ब्यक्तिलाई वितरण गरे पछि त्यसको बिरोधमा राजनितिक दल, विद्यार्थी आन्दोलनमा होमिएकाछन्।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नगर विकास घोटला प्रकरणमा तत्कालीन त्रय अध्यक्ष पल्टु राना, पुष्कल चौधरि र गोपाल रसायलि सहितका सदस्य सचिब कर्मचारि बिरुद्दमा बिशेष अदालतमा मुद्दा दायर गरेको छ।

मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी आवद्ध युवाहरुले नगरको गुरुयोजना विरुद्धमा भ्रष्टाचारीहरुलाई बचाउन खोजेको भन्दै भोग हडताल सहित आमरण अनसन बसेको र जमिन घोटाला गरने गिरो माथि कारर्वाहीको माग राखि आमरण अनसन बसेको निरज बि. क.ले बताएका छन। त्यसैगरी दैनिक मन्त्र अस्पतालले आमरण अनसनमा बसेका युवाहरुको चेकजाँच गरिने बताएको छ । अस्पतालबाट हुने सबै सेवा सुविधा उपलब्ध गराउने रोकायले बताएका छन।







