कञ्चनपुर: नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद कञ्चनपुरको सल्लाहकारलाई सम्मान तथा समन्वयात्मक विषयक गोष्ठी कार्यक्रम सम्पन्न भएको छ । पहिचान, पहुच प्रतिनिधित्व र समावेशीकरणको लागि आदिवासी जनजाति आन्दोलन,जाति,भाषा, धर्म, संस्कृती संरक्षणको लागि देशव्यापी राष्ट्रिय जागरण भन्ने मुल नाराका साथ शुरू गरिएको कार्यक्रममा सल्लाहकारलाई मनोनितका साथै सम्मान गरेको थियो ।

नेपाल आदिवासी जनजाती महासंघ जिल्ला समन्वय परिषद कञ्चनपुले छैटौ जिल्ला अधिवेशनको निर्णय अनुसार नेपाल आदिवासी जनजाती महासंघलाई पु¥पाएको योगदान अनुसार मनोनित गरिएको सम्मान पत्रमा उल्लेख गरिएकोे छ ।
मनोनित तथा सम्मा पाउनेमा विना मगर पूर्नवास नगरपालिका–३, बेल बहादुर राना मगर दोधारा चाँदनी नगरपालिका–७, धु्रव कुमार कायस्थ भीमदत्तनगरपालिका १८, जगदिश चोधरी भीनपा–१८, प्रेमवती राना वेदकोट नगरपालिका –६, कृपा राम राना, वेदकोट नपा. २, गिता चौधरी कृष्णपुर नगरपालिका –६ शिशिर थापा भीनपा–१८, नेत्र बहादुर तामाङ्ग पुर्नवास न.पा.–११, पदम बहादुर थपा मगर भीनपा–१८ गरी १० जना मनोनित तथा सम्मान भएका छन् ।

आदिवासी जनजातिको हक हितको लागि नेपाल आदिवासी जनजाति सधै लागि रहने र यसको लागि सबैले एक जुट भएर लाग्नु पर्नेमा नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद कञ्चनपुरका अध्यक्ष विकास श्रेष्ठले बताउनु भयो ।
जनजाति महासंघ जिल्ला समन्वय परिषद कञ्चनपुरका अध्यक्ष विकास श्रेष्ठको सभापतित्वमा प्रमुख अतिथिमा जिल्ला समन्वय समितिका उप प्रमुख रामकुमारी राना रहनु भएको थियो । स्वागत मन्तव्य नेपाल आदिवासी जनजाति महासंघका वरिष्ठ उपाध्यक्ष पशुपति थापा तथा प्रगति प्रतिवेदन महासंघका मुख्य सचिव रोशन चौधरीले गर्नु भएको थियो भने कार्यक्रम सञ्चालन संघका कोषाध्क्ष सानू चौधरी गर्नु भएको थियो।







