भीमदत्त ३ का किसानलाई कृषि यान्त्रिकरण वितरण


कञ्चनपुर : कञ्चनपुरको भीमदत्त नगरपालिका ३का स्थानीय किसानलाई कृषि यान्त्रिकरण वितरण गरिएको छ । सुदूरपश्चिम प्रदेश सरकार कृषि ज्ञान केन्द्रले स्थानीय सहकर्मी कृषि सहकारी संस्था मार्फत किसानलाई यान्त्रिरकण वितरण गरेको हो । शनिबार एक कार्यक्रमका विच किसानलाई विभिन्न कृषि उपकरण यन्त्र वितरण गरिएको हो ।

तत्तकालिन सुदूरपश्चिमका आर्थिक मामिला मन्त्री एव हाल सुप प्रदेशका सदस्य प्रकास बहादुर रावलको पहलमा उक्त सहकारीलाई कृषियन्त्र वितरण गर्ने योजना ल्याएका थिए । पुर्वमन्त्री एव प्रदेश सभा सदस्य प्रकास रावलका स्वकीय सचिव ईन्द्र सिह ठगुन्नाले मन्त्री रावलकै पहलमा किसानले उक्त कृषि समाग्री पाएको बताए । ३० किसानलाई कृषि यन्त्र वितरण गर्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहेका तत्तकालिन सुदूरपश्चिमका आर्थिक मामिला मन्त्री एव हाल सुप प्रदेशका सदस्य प्रकास बहादुर रावलले यन्त्रको सदुपयोग गनुपर्नेमा जोडदिएका छन ।

कृषि क्षेत्रको विकास र मुलुकको आर्थिक प्रणाली सुधारका लागि कृषि क्षेत्र महत्वपुर्ण हुने भएकाले किसानले यन्त्र सदुपयोग गर्नुपर्ने सुझाव दिए । सहकर्मी कृषि सहकारी संस्थाका अध्यक्ष बसन्त बहादुर सिहले सहकारी मार्फत वितरण भएका कृषि यन्त्र सदुपयोग हुने विश्वास दिलाए । कृषि यन्त्र पाएपछि स्थानीय किसान हर्षित भएका छन ।


Loading Viewer...

ताजा समाचार

spot_img