पाँच दिने योग शिविर सम्पन्न


कञ्चनपुर : सुदूरपश्चिमाञ्चल प्रदेश बिपद व्यवस्थापन गुल्मको आयोजना तथा पञ्तजली योग समिति कञ्चनपुरको प्राविधिक सहयोगमा ५ दिने योग शिविर गुल्मका प्रमुख प्रहरी निरिक्षक नरपति भट्टको सभापतित्व एवं पञ्तजली योग समिति नेपालका केन्द्रिय सदस्य एवं मुख्य योग प्रशिक्षक लबराज भट्टकाृ प्रमुख आतिथ्यमा सम्पन्न भएको छ ।
गुल्मको प्राङ्गणमा विहान ५ वजे देखि ७ बजे सम्म सञ्चालन हुने योग शिविरमा योग सन्देश प्रभारी केशव राज पन्त, नगर अध्यक्ष पवन पनेरु, प्रशिक्षक सुरेन्द्र बहादुर चन्द लगायतले गरेको प्रशिक्षणमा गुल्मका प्रहरीहरुको सक्रिय सहभागिता रहेको थियो ।
पाच दिने समापन समारोहमा विशिष्ट अतिथि पतञ्जली योग समितिका अध्यक्ष दयाकृष्ण जोशी, उपाध्यक्ष ई. धन सिंह वडाल, महिला अध्यक्ष कमला पाण्डेय, महामन्त्री हरी रावल तथा मिडिया प्रभारी प्रेम सिंह भाटले मन्तव्य राख्ने क्रममा योग, प्रणायाम र आर्युवेद लाई साथ साथै अगााडी बढानु पर्नेमा जोड दिनु भएको थियो ।
उक्त कार्यक्रममा सहभागिहरुको तर्फ बाट मन्तव्य राख्दै प्रहरी सहायक हवल्दार हेमन्त चन्द तथा प्रहरी बरिष्ट नायब निरिक्षक खेम राज पन्तले योग शिविर लाभदायि भएकोले योग लाई सेवा अवधिमा तथा सेवाबाट निवृत भए पश्चित आफुहरुले योग लाई निरन्तरता दिइै परिवार र समुदाय सम्म पुर्याउने कुरामा प्रतिवद्धता जाहेर गर्नु भएको थियो ।
अन्तमा पा“च दिन शिविरमा योग साधना राष्ट्रको आधारना, देशको संविधान र भगवानको विधान एवं प्रकृतिको नियम सबैले मान्नु पर्ने, मानिस स्वभावले नै रोगि नहुने र असावधानी, गल्ती र आहार नियमको पालना गर्न नसक्नुका कारण रोग निम्तने भएको हुदा“ हामीले हाम्रो शरिर लाई समय नदिनु आत्मघात भएकोले योग र प्रणायामको माध्यमबाट निरोगि र स्वस्थ्य रहने बिषयमा चर्चा गरिएको कुरा मिडिया प्रभारी भाटले बताउनु भएको छ ।


Loading Viewer...

ताजा समाचार

spot_img