पूर्वानुमानमा आधारित विपद पूर्वकार्य कार्यविधि तर्जुमा कार्यशाला सम्पन्न


कञ्चनपुर : पूर्वानुमानमा आधारित विपद पूर्वकार्य कार्यविधि तर्जुमा कार्यशाला सम्बन्धि दुई दिने कार्यक्रम सम्पन्न भएको छ । जेठ ४ र ५ गते भएको कार्यक्रम सम्पन्न भएको हो । मनसुन सुरु हुने समय आएसँगै पूर्वानुमानमा आधारित विपद पूर्वकार्य कार्यविधि तजुमा कार्यशाला प्रशिक्षणको आयोजना गरिएको थियो । दोधारा चादनी नगरपालिकाको आयोजना र डिसिए, एनएनएसडब्लुए तथा ईन्सुच्युट अफ हिमालयन रिस्क रेडुसन्को सहजीकरणमा दुई दिने पूर्वानुमानमा आधारित विपद पूर्वकार्य कार्यविधि तर्जुमा कार्यशालाको आयोजना गरिएको थियो ।

विपद् पूर्व तयारीका लागि दोधारा चाँदनी नगरपालिकाका वडा नं. ८, ९ र १० का सामुदायिक विपद व्यवस्थापन समितिका पदाधिकारी तथा नगरपालिकामा विपद सम्बन्धी विभिन्न क्षेत्रमा कार्य गर्दै आएका कर्मचारीहरुलाई पूर्वानुमानमा आधारित विपद पूर्वकार्य कार्यविधि तर्जुमा कार्यशाला आयोजना गरी कसरी विपद आउनु भन्दा अगाडि जिउ, धनको रक्षा गर्न सकिन्छ । मनसुन पूर्व तयारी तथा प्रतिकार्य योजना अध्यावधिक गर्न छलफल भएको थियो । पूर्वानुमानको अधारमा विपद आउनु भन्दा अगावै संघ/संस्थासँगको सहकार्यमा विपदबाट क्षति कम गर्न गर्नुपर्ने कामको बारेमा छलफल गरेको हो । कसरी विपको समयमा कुषि, सुरक्षा, शिक्षा, स्वास्थ्य, आवाश तथा खानपानको व्यवस्थ साथै सुरक्षा गर्न सकिन्छ भन्ने विषयमा छलफल भएको थियो । बर्सातको समयमा हुने सम्भावित विपद्लाई ध्यानमा राखेर पूर्व तयारीका योजना निर्माणमा जोड दिइएको थियो । कार्यक्रममा डिसिएका प्रबन्धक दिनेश गुरुङ्ग, ईन्सुच्युट अफ हिमालयन रिस्क रेडुसन्का डा. सञ्जय देवकोटा र दिनानाथ मणीद्वारा जस्ता विज्ञद्वारा विपद आउनु भन्दा अगावै पूर्वानुमानमा आधारित भएर कसरी आफु सँगै समाजमा रहेका व्यक्ति र जिउ, धनको सुरक्षा गर्ने बारे प्रशिक्षण दिएका थिए ।

त्यसै गरी जल तथा मौषस विभागका कार्यालय प्रमुख ई. सजय शाहले कसरी सूचना प्राप्त गर्ने र त्यस सूचनाको आधारमा हुन सकने विपद अगावै कसरी अन्नवाली लगायत जिउ धनको सुरक्षा गर्न सकिन्छ साथै मौसम सम्बन्धी जानकारी कसरी प्राप्त गर्ने बारे बताएका थिए । उक्त कार्यक्रममा दोधारा चाँदनीका नगर प्रमुख किशोर कुमार लिम्बुले विपद व्यवस्थापनको लागि दोधारा चाँदनीले कुनै कसर नराख्ने र आफुले सक्दो मद्दत गर्न तयार रहेको बताउनुको साथै दुई दिने कार्यशालामा भएका कार्ययोजना लाई पनि पुरा गर्ने प्रतिवद्धता जनाए । दुई दिने पूर्वानुमानमा आधारित विपद पूर्वकार्य कार्यविधि तर्जुमा कार्यशाला कार्यक्रमको सञ्चालन एनएनएसडब्लुएका कर्मचारी गणेश ठगुन्नाले गर्नु भएको थियो ।


Loading Viewer...

ताजा समाचार

spot_img