पतन्जली योग समिति कञ्चनपुर तथा नेपाल प्रहरी विपत व्यवस्थापन सुदूरपश्चिम गुल्म को आयोजनामा ७ दिने योग शिविर संचालन

कञ्चनपुर : मानसिक तथा शारिरक रुपमा स्वथ्य भई समाजमा उर्जाशिल व्यक्तित्व निर्माणका लागि योग, आध्यात्म र आर्युवेदका माध्यमबाट विश्व जगत आर्कषण भईरहेको सन्दभै कञ्चनपुर जिल्लाको भीमदत्तनगरमा नेपाल प्रहरी विपत व्यवस्थापन सुदूरपश्चिम गूल्ममा ७ सात दिने योग शिवरको आज बाट प्रारम्भ भएको छ । पञ्चजली नेपालका केन्द्रिय सदस्य तथा मुख्य योग प्रशिक्षक लबराज भट्ट तथा गुल्म प्रमुख नरपति भट्टले संयुक्त रुपमा दिप प्रज्वलित गरी योग शिविरको समुद्घाटन गरेका थिए । आजको योग शिविरको प्रारम्भमा नगर योग समितिका अध्यक्ष पवन पनेरु, पञ्तजली योग समिति महिला अध्यक्ष कमला पाण्डेय, योग प्रशिक्षक केशव राज पन्त, सुरेन्द्र बहादुर चन्द लागायतका गुल्मका ५० जना भन्दा बढि प्रहरी गणको सक्रिय सहभागिता रहेको थियो ।

योगका माध्यमबाट जुन सुकै रोकको निवारण र रोग समेत लाग्न नदिनका लागि शरिर भित्रको प्राण लाई भित्र्याउने र सहि प्रयोग बाट रगत सुद्दिकरण गरी स्वस्थ्य, तनाव मुक्त जिवन यापन गर्न सहज हुने कुरामा जोड दिदै आहार व्यवहार, लगायत प्रणायाम, सुक्ष्म व्यायाम लगायतका प्रक्रियाहरु बट सहभागिहरु याग गर्न गराउनमा प्रहरी गणलाई सक्षम बनाउने उद्देश्य पतन्जली कञ्चनपुरले लिएको कुरा मुख्य योग प्रशिक्षकले बताउनु भएको छ । मिति २०८० जेष्ट २ गते देखि ८ गते सम्म गुल्मको ग्राउण्डमा सञ्चालन हुने योग शिवरमा पतन्जली कञ्चनपुरका पदाधिकारी, प्रशिक्षकहरु लगायत विशिष्ट व्यक्तित्वहरुको सहभागिता हुने कुरा नगर अध्यक्ष पवन पनेरु ले बताउनु भएको छ ।

ताजा समाचार

This will close in 10 seconds