लालझाडीमा गंगा दशहरा मेला


कञ्चनपुर : कञ्चनपुरको लालझाडीमा यस बर्षदेखि लालझाडी गंगा दशहरा मेला लाग्ने भएको छ । अमर ज्योती युवा क्लबले जेठ दोस्रो सातादेखि गंगा दशहरा मेला संचालन गर्ने जनाएको छ । आइतबार दोदा रिभर साईड होलमा आयोजकले पत्रकार सम्मेलन गर्दै यस बर्षदेखि मेलालाई थप प्रभावकारी बनाउने जनाएको छ । बषौँदेखि बेलौरी नगरपालिका ५भकुण्डा कालेश्वर महादेव मन्दिर मन्दिरमा जेठ महिनामा मेला लाग्दै आएको थियो । यस बर्षदेखि लालझाडी गाँउपालिका स्थानीय सरकारको सहयोगमा आयोजकले दोदा नदीवारी राम जानकी वन बाटिमा मेला संचालन गर्ने जनाएको छ ।
लालझाडीका स्थानीय एव युवा अगुवा प्रकास रानाले बषौँदेखि लाग्दै आएको गंगा दशहरा मेला यस पटक लालझाडी गाँउपालिका २मा समेत भव्य रुपमा मनाईने बताए । ‘यस अघि हाम्रा पुखौँहरुले भकुण्डामा मेला लगाउँदै आएका थिए, ‘उनले भने, ‘मेला थप व्यवस्थित हुँदा होमेष्ट सहितका कार्यक्रम संचालन हुन्छन ।’ अमर ज्योती युवा क्लबका अध्यक्ष मदन रानाले लालझाडीलाई धार्मिक ,पर्यटकिय रुपमा चिनाउनका लागि मेला संचालन गर्न लागेको बताए । अध्यक्ष रानाले मेलाको तयारी भईरहेको बताए । ‘हामी धार्मिक रुपमा पुजा गर्न त्यहाँ मन्दिरमै जान्छौँ, ‘उनले भने, ‘मेला मात्रै लालझाडी २मा लगाउँछौँ ।’
उनले प्रशासनले अनुमती दिन आलटाल गरेपछि गाँउपालिकाले अनुमती दिएर १५ जेठदेखि १९ सम्म मेला संचालन गर्ने बताए । मेला आयोजक मुल समितिका संयोजक बिनोद रानाले गाँउपालिकाकै समन्वय सहयोगमा मेला संचालन गर्न लागेको बताए । मेलामा बाल उद्यान सहितका विवित साँस्कृतिक कार्यक्रम गर्ने बताए । लालझाडी गाँउपालिका २का वडाध्यक्ष आशाराम रानाले वडा सहित पालिकाबाट आवश्यक सहयोग गर्ने बताए । वडाध्यक्ष रानाले मेलामा आर्थिक, भौतिक नैतिक सहयोग गर्ने प्रतिबद्धता जाहेर गरेका छन ।


Loading Viewer...

ताजा समाचार

spot_img