कञ्चनपुर: भीमदत्तनगरपालिकाको १३ नं. वडा कार्यालयले शनिबार बाट हाट बजार सञ्चालनमा ल्याएको छ ।
सन्तुलित वातावरण सुशासन सहितको समाजवाद उन्मुख समृद्ध नगर, कृषि, पर्यटन तथा प्रविधिमा आधारित अर्थतन्त्र विकासको आधार भन्ने मुल नाराका साथ शनिबार भएको एक कार्यक्रम विच भव्यताका साथ हाट बजारको उद्दघाटन भएको छ । भीमदत्तनगरपालिका –१३ नं. वडा कार्यालय र एनएसडब्ल्युएको संयुक्त लगानीमा हाट बजारको निर्मााण गरिएको हो । भीनपा–१३ को वडैपुर स्थित हाटबजार निर्माण कार्यको लागि कुल रु.६लाख ११ हजार ९सय ५० रुपैयाको लागतमा तयार भएको हो । जसमा वडा नं. १३ कार्यालयले आ.व. २०७९/०८० बाट रकम बाट रु ३ लाख ५० हजारको आर्थिक सहयोग गरेको छ । त्यसैगरी एनएनएसडब्लयुएले रु.२ लाख हाटबजार स्थल निर्माणको लागि सहयोग गरेको छ भने हाट बजार व्यवस्थापन तथा बजारिकरणको लागि रु.६१ हजार ९ सय ५० रुपैया आर्थिक सहयोग गरेको छ । स्थानिय बासिन्दाको जिविका उकास्न र स्थानिय स्तरमा उत्पादन भएको कृषि सामग्री लाई बजारिकरण गर्नको लागि पनि हाट बजारले महत्वपुर्ण भुमिका खेल्ने हाटबजारका अध्यक्ष शंकर सुनारले बताए ।

कार्यक्रममा एनएनएसडब्लयुएका निर्देशक अशोक विक्रम जैरुले वडा नं. १३ वडैपुर स्थित दुई टोल विजया र सुनाहा बिच निर्माण भएको यस हाट बजारले यहाँका स्थानियहरुको आर्थिक अवस्थामा सुदृढीकरण हुनेमा आफु विश्वस्त रहेको बताए ‘आर्थिक अवस्था निम्न भएका वासिन्दाको बसोबास रहेको यस क्षेत्रमा यस हाट बजारले यहाँका स्थिानीय उत्पादन बेचेर केही आय आर्जन गर्न मा आफु विश्वस्त रहेको बताए ।’ कार्यक्रममा प्रमुख अतिथी तथा भीमदत्तनगरपालिकाका नगर प्रमुख पदम बोगटीले ‘यस हाट बजारले आफनो क्षेत्रको मौलिक उत्पाद बेच्नमा सहयोग पु¥याउने छ भने त्यहाँ रहेको बालविकास को भवन जिर्ण अवस्थामा रहेकोले आउदो आर्थिक वर्षमा बाल विकास भवनको निमार्णको लागि बजट छुट्याउने बताए । साथै सबैभन्दा ठुलो लगानी बालबालिकाको क्षेत्रमा गर्नु पर्ने, भोलिको राष्ट्र निर्माता आजका बालबालिका भएकाले बालबालिको क्षेत्रमा लगानी गर्नेमा जोड दिए । कार्यक्रमका सभापति तथा वडा नं. १३ का वडा अध्यक्ष राम बहादुर बोहरा‘झकास’ ‘आफु जनातको सेवाको लागि आएको हुनाले २४ सैं घण्टा जनताको सेवाको लागि तयार रहेको, आजकैं दिन १ वर्ष अगाडि निर्वाचन भई विजयी भएर जनताको सेवामा आएको हुनाले यस क्षेत्रको विकासको लागि कुनै कसर नछोड्ने बताए । उनले भने ‘यस हाट बजारले स्थानिय तरकारी, फलफुल र उत्पादनले बजार पाएकोछ । हाट बजार प्रन्येक शनिबार बेलुका ३ बजे देखि शुरु हुने छ।’

शनिबार भएको हाट बजार उद्दघाटन समारोहमा भीनपा–१३ का वडा अध्यक्ष राम बहादुर बोहराको सभापतित्वमा प्रमुख अतिथी भीमदत्तनगरपालिका नगर प्रमुख पदम बोगटी, रहनु भएको थियो विशिष्ट अतिथीमा भीमदत्तनगर उपप्रमुख निलम लेखक जोशी, भीनपा प्रशासकिय प्रमुख हरी सिह धामी, एनएसडब्लुएका निर्देशक अशोक विक्रम जैरु रहनु भएको थियो भने कार्यक्रम सञ्चालन भीनपा–१३ का वडा सचिव हर्क बहादुर धामील्े गर्नु भएको थियो ।







