पुनर्वास नगरको सिताबस्तीमा जैविक तटबन्ध निर्माण गरिदै


कञ्चनपुर : कञ्चनपुरको पुनर्वास नगरपालिका सिताबस्तीमा जैविक तटबन्ध निर्माण गरिदैछ । पुनर्वास नगरपालिका ९ नम्बर वडाले सिताबस्तीमा जैविक तटबन्ध निर्माण गर्न लागेको हो । सोमबारदेखि नालामा जैविक तटबन्ध निर्माण गरिन लागिएको छ ।
सिताबस्ती सामुदायिक विपद् व्यवस्थापन समितिबा अध्यक्ष पदम परियारले पुनर्वास नगरपालिका ९ वडा, पालिका र एनएनएसडब्लूएको आर्थिक सहयोगमा जैविक तटबन्ध निर्माण गर्न लागिएको बताए ।

पुनर्वास नगरपालिका ९का वडाध्यक्ष नर बहादुर विकले दोदा नालाबाट कटानी रोक्नका लागि जैविक तटबन्ध निर्माण गरिन लागिएको बताए । उनका अनुसार वडा,पालिका र एनएनएसडब्लूए सहितका निकायको ९लाख लागतमा ५सय मिटर तटबन्ध निर्माण गरिनेछ । पुर्नवास नगरकी उपप्रमुख भुलिया रानाले समयमै काम सम्पन्न गर्न उपभोक्ता समितिलाई आग्रह गरिन । एनएनएसडब्लुएका परियोजना सयाेजक महेश घिमिरे सहित सहभागी थिए । आउँदो जेठ तेस्रो साताभित्रै काम सम्पन्न गर्नुपर्नेछ ।


Loading Viewer...

ताजा समाचार

spot_img