कञ्चनपुर : जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले सार्वजनिक विदाका दिन पनि सेवा दिने भएको छ । कार्यालयले शनिबार बाहेकको सार्वजनिक बिदाका दिन नागरिकता, राहदानी र राष्ट्रिय परिचयपत्र सम्बन्धी सेवा दिने जनाएको छ । नेपाल सरकारले सार्वजनिक बिदाको दिन पनि नियमित सेवा प्रवाह गर्ने विशेष व्यवस्था गरे अनुरूप जिल्ला प्रशासन कार्यालयले पनि सार्वजनिक बिदाको दिन पनि सेवा प्रवाह गर्ने प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालले बताए ।

“शनिबार बाहेक विभिन्न चाडपर्व, दिवसमा हुने सार्वजनीक बिदाका दिन पनि सेवा दिईने छ ।” प्रजिअ अर्यालले भने । यसका साथै जिल्ला प्रशासन कार्यालयले सेवाग्राहीलाई सेवा लिन सहज होस भनेर टोकन प्रणाली शुरु गरिसकेको छ । २०८० मा शनिबारबाहेक विभिन्न चाडपर्व, दिवस र जन्मजयन्ती गरी ३५ दिन सार्वजनिक बिदा छ ।

प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालका अनुसार सेवाग्राहीलाई एक घण्टाभित्रै सेवा प्रदान गर्नका लागि टोकन लागू गरिएको हो । यसका साथै जिल्ला प्रशासन कार्यालयले पहिलोपटक विद्युतीय टोकन प्रणाली शुरु गरिएको छ । सेवाग्राहीलाई सेवा लिन सहज होस भनेर विद्युतीय टोकन प्रणाली शुरु गरिएको हो ।







