कञ्चनपुर : मर्सिकोर र निड्स नेपालको साझोदारीमा सञ्चालित समुदायको लागि बाढी उत्थानशिलता मापन कार्यक्रमले सामुदायिक विपद व्यवस्थापन समितिको लागि वकालत सम्बन्धी २ दिने तालिम कार्यक्रम सम्पन्न गरेको छ । समुदायको लागि बाढी उत्थानशीलता मापन परियोजना कञ्चनपुर जिल्लाको २वटा नगरपालिका कृष्णपुर नगरपालिका र दोधारा चाँदनी नगरपालिका मा हाल सञ्चालनमा रहेको छ। दोधरा चाँदनी नगरपालिकामा रहेका ३वटा सामुदायिक विपद व्यवस्थापन समितिहरुलाई दुई दिने वकालत सम्बन्धी तालिममा समुदायमा विद्यमान समस्या तथा सवालहरुको पहिचान र सवालाहरुको उठान तथा समाधानको लागि निरन्तर पैरवीका बारेमा छलफल भएको छ।


उक्त तालिममा दोधारा चाँदनी नगरपालिकाको ३ वटा सामुदायीक विपद व्यवस्थापन समितिका २१ जनाले भाग लिएका छन् । जसमा दोधारा चाँदनी नगरपालिका वडा ३को प्रगतिशील सामुदायिक विपद व्यवस्थापन समिति, वडा नं ७ को एकता सामुदायिक विपद व्यवस्थापन समिति र वडा नं १० को कुतियाकबर सामुदायिक विपद व्यवस्थापन समितिका पदाधिकारी तथा सदस्यहरुले भाग लिएका छन् ।निडस नेपाल कञ्चनपुरका कार्य समिति सदस्य ज्योति रसायलीले ‘समुदायको बाढी उत्थानशिलता विकास गर्न यो परियोजना २ वटा नगरपालिकाका ६ वटा समुदायमा सञ्चालनमा रहेको बताएका छन्’ । समूदायका सवालहरूको पहिचान र उठान गर्नुका साथै सवाल सामाधान गर्न पैरबी गर्ने क्षमताको विकास गर्नु यो तालिमको मुख्य लक्ष्य रहेको बताए। समुदायको लागी बादि उत्थानशीलता मापन परियोजनाका परियोजना संयोजक नविन भण्डारीका अनुसार ‘समुदायिक विपद व्यवस्थापन समितिले आफ्ना समस्या आफुले भोगेको सवाल सरोकारवाला निकाय सम्म कसरी लैजाने र कुन महिनामा कुन योजना लैजान सकिन्छ र स्थानीय सरकार को योजना तर्जुमा प्रक्रियामा कसरी सहभागिता जनाउने भन्ने विषयमा तालिम प्रदान गराएको बताए।’


कार्यक्रममा सहभागी दोधारा चाँदनी नगरपालिका -१० मा रहेको कुतियाकबर सामुदायिक विपद ब्यवस्थापन समितिका संयोजक टेकबहादुर सुनारका अनुसार‘यस कार्यक्रमले आफ्ना समस्या, सवालहरुलाई सरोकारवाला पक्षसम्म कसरी पु¥याउने र कुन समस्यालाई बढी प्राथमिकता दिने भन्ने बारेमा जानकारी पाएको बताए ।’ यो तालिम भन्दा पहिले व्यक्तिगत समस्यका लागि सरोकारवाला निकायहरूसँग जान्थ्यो भने यो तालीम पछि सामूहिक सवालहरु को लागि जानुपर्ने यस तालिमले सिकाएको सुनारको भनाइ छ। सामुदायिक विपद व्यवस्थापन समितिको लागि वकालत सम्बन्धी २ दिने तालिम कार्यक्रममा विशन देव जोशी र भगवती थापाले प्रशिक्षण दिनुभएको हो।विशन देव जोशीले विपद्का क्षेत्रमा गरिने पैरवी, सबाल पहिचान योजना तर्जुमा र विपदका मुद्दालाई मूल प्रवाहमा ल्याउने सम्बन्धमा र भगवती थापाले समुदायको नेतृत्व विकास सम्बन्धमा प्रशिक्षण दिनुभएको हो।







