अखिल नेपाल महिला संघ(क्रान्तिकारी) शुक्लाफाँटा नगरको अध्यक्षमा महर


कञ्चनपुर : अखिल नेपाल महिला संघ(क्रान्तिकारी) शुक्लाफाँटा नगरको अध्यक्षमा गिता महर चयन भएकी छिन । शनिबार माओवादी केन्द्र निकट अखिल नेपाल महिला संघ(क्रान्तिकारी) शुक्लाफाँटा नगरको भेलाबाट अध्यक्षमा महर चयन भएकी हुन । नेकपा माओवादी केन्द्र शुक्लाफाँटा नगरकी नेतृ एव पाटी सुप प्रदेश सदस्य दुर्गा भट्टले सहमतीय आधारमा क्रान्तिकारी महिला संगठन चयन गरिएको बताईन ।

उपाध्यक्षद्वय बसन्ती शह, सीतादेवी डगैरा, सचिव सरिता टमाटा, सह सचिव कलसा साउद, कोषाध्यक्ष लक्ष्मी चुनारा सहित ४१ सदस्य रहेका छन । कार्यक्रमका प्रमुख अतिथि अखिल नेपाल महिला संघ(क्रान्तिकारी) सुप प्रदेश संयोजक गिता मल्लको प्रमुख आथित्यमा भएको कार्यक्तममा माओवादी केन्द्र कञ्चनपुरका इन्चार्ज टेकेन्द्र प्रशाद भट्ट, पाटी सुप प्रदेश सदस्य दुर्गा भट्ट सहितका नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।


Loading Viewer...

ताजा समाचार

spot_img