कञ्चनपुर : यस बर्ष कञ्चनपुरमा समयमै पाठ्यपुस्तक (किताब) पुगेका छन । चालु शैक्षिक सत्र २०८० को शुरुवातसंगै जिल्लामा किताब पुगेका हुन । विगतका बर्षहरुमा शैक्षिक सत्र शुरुवात भएको महिना वितिसक्दा पनि किताब नपुग्ने समस्या थियो, तर चालु शैक्षिक सत्र कञ्चनपुरमा भर्ना अभियानकै दौरानमा किताब पुगेका छन ।
१ बैशाखदेखि १५ सम्म विद्यालय भर्ना अभियानकै दौरानमा विद्यार्थीको हातमा किताब पुगेका हुन । ईतिहासमै पहिलो पटक कञ्चनपुरमा समयमै किताब पुगेको विद्यार्थी, अभिभावक, शिक्षकले अनुभव व्यक्त गरेका छन ।
समयमै विद्यार्थीको हातहातमा किताब पुगेपछि विद्यालय, शिक्षक, विद्यार्थी, अभिभावक हर्षित भएका छन । भीमदत्त नगरपालिका १८ भगतपुरमा रहेको शिव ज्ञानेश्वर आधारभूत विद्यालयका शिक्षक नविन सिह धामीले किताब पुगेर विद्यार्थीलाई वितरण गरिएको बताए । ‘हाम्रो विद्यालयमा किताब पुगेर पनि वितरण गरिसके, ‘शिक्षक धामीले भने, ‘यस बर्ष समयै किताब पुगेको छ ।’ पाठ्यपुस्तक नहुँदा पठनपाठनमा प्रभाव पर्ने भन्दै उनले समयमै पुस्तक पुगेपछि सहज भएको बताए ।
बेलडाँडी गाँउपालिका २ चन्दनबस्ती स्थित कञ्चन आधारभूत विद्यालयका प्रद्यानाध्यापक चन्द्रदत्त भट्टले यस बर्ष समयमै किताब पुगेको बताए । ‘विद्यालयका किताब पुगिसके आजदेखि वितरण शुरु गरेका छौँ ।’ बेलौरी नगरपालिका ६ स्थित महाकाली माविका शिक्षक दिपेन्द्र बमले यस बर्ष कञ्चनपुरमा समयमै किताब पुगेको बताए । विगतका बर्ष जस्तो किताब नपुग्ने समस्या नभएको अनुभव व्यक्त गरेका छन ।
शुक्लाफाँटा नगरपालिका ७ सिमलफाँटामा रहेको कृष्ण माविका प्रद्यानाध्यापक रामदत्त जोशीले यस बर्ष समयमै किताब पुगेको बताए । ‘विगतका बर्षहरुमा ढिलोगरी किताब पुग्थे, ‘उनले भने, ‘अहिले भर्ना अभियानकै दौरानमा पुगेका छन ।’ विद्यालयमा किताब पुगेर पनि विद्यार्थीको हातहातमा पुस्तक पुगिसकेको बताए । कक्षा ९ को स्वास्थ्य विषयको पुस्तक गत शैक्षिकसत्रभरी नै नपुगेको बताउँदै उनले यस बर्ष समयमै पुगेको बताए । सीमावर्ती बेलडाँडी गाँउपालिका ३ वैवाह स्थित राधाकृष्ण जनप्रिय आधारभूत विद्यालयका प्रअ गणेश सिहले यस बर्ष समयमै किताब पुगेको बताउँदै दैनिक पठन पाठनमा समेत सहजता भएको बताए । ‘विगतका बर्षमा समयमै किताब नपुग्ने समस्या थियो, ‘प्रअ सिहले भने, ‘यस शैक्षिक सत्रमा समयमै किताब पुगेर सहज भयो ।’ बेदकोट नगरपालिका ६ मुसेपानी स्थित सिद्धनाथ माविका शिक्षक डबल बहादुर शाहले यस बर्ष विगतका बर्षहरु भन्दा समयमै किताब आएको बताउँदै विद्यालयले किताब वितरण गरेलगत्तै पठन पाठन शुरु गर्ने बताए ।
भीमदत्त नगरपालिका ७ हल्दुखाल स्थित सिद्धेश्वर आधारभूत विद्यालयका प्रअ गोपाल दत्त जोशीले विगतका बर्षहरु भन्दा अहिले समयमै किताब पुगेको बताए । प्रअ जोशीले गत बर्षपनि ढिलोगरी पुस्तक पुगेको र अहिले समयमै पुगेको बताए ।
बेदकोट नगरपालिका ८ गैलनदीमा रहेको बैजनाथ माध्यामिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्रकान्त भट्ट(सिके)ले ईतिहासमै पहिलो पटक यसरी सामुदायिक विद्यालयमा समयमै किताब पुगेको बताए । ‘यस पटक शैक्षिक सत्र शुरुवातकै चरणमा पुस्तक पुगेका छन, ‘उनले भने, ‘हामीले पनि वितरण गरिसकेका छौँ ।’ अध्यक्ष भट्ट पुर्व अखिल क्रान्तिकारी कञ्चनपुरका अध्यक्ष हुँदा यस्तै पाठ्यपुस्तक समयमै नपुगेको विषयमा आन्दोलन गरेका दिन सम्झिदै यस पटक समयमै सरकारले पाठ्यपुस्तक पु¥याएको भन्दै सरकारलाई धन्यवाद दिएका छन ।
भीमदत्त नगरपालिका १८भगतपुर स्थित मदन भण्डारी स्मृति आधारभूत विद्यालयका प्रअ पदमा साउद(भण्डारी)ले विगतका बर्षभन्दा यस बर्ष समयमै किताब पुगेको बताईन । प्रअ साउदले समयमै किताब पुगेपछि पठन पाठनमा समेत सहजता भएको अनुभव व्यक्त गरिन ।
कृष्णपुर नगरपालिका ३ देखतभूलीमा रहेको नन्द माविका प्रद्यानाध्यापक पुष्कर सिह महराले यस बर्ष समयमै विद्यालयमा पुष्कर पुगेर वितरण गरिएको बताए । ‘हामीले विद्यालयमा पुगेका किताब वितरण गरिसके, ‘उनले भने, ‘केही वितरण गनैँवाला छौँ ।’
भीमदत्त नगरपालिका ३ नयाँ तिलकपुर स्थित नवदुर्गा कालिका आधारभूत विद्यालयका प्रअ नर बहादुर धामीले विद्यालयका यस बर्ष समयमै किताब आएरपनि पठन पाठन समेत शुरु भएको बताए । बेदकोट नगरपालिका ४ बैतडा स्थित सिद्धबैजनाथ माध्यामिक विद्यालयका प्रअ विष्णूदत्त जोशीले यस बर्ष समयमै पाठ्यपुस्तक पुगेको बताए । प्रअ जोशीले समयमै किताब पुगेपछि सहज भएको बताए । दोधाराचाँदनी नगरपालिका ६दोधारा स्थित भानु माध्यामिक विद्यालय प्लटु सयोजक डम्बरदत्त जोशीले यस बर्ष समयमै विद्यालयमा पाठ्यपुस्तक पुगेको बताए ।
कृष्णपुर नगरपालिका ६बसन्तपुर महाकाली माविका प्रअ भरत तिरुवाले विगतका बर्ष भन्दा अहिले समयमै पाठ्यपुस्तक पुगेको बताए । प्रअ तिरुवाले समयमै पाठ्यपुस्तक पुगेपछि सहज भएको बताए । लालझाडी गाँउपालिका ४ पर्सिया स्वतन्त्र माविका प्रअ लोक बहादुर बडायकले विगतका बर्षहरु भन्दा यस बर्ष समयमै किताब पुगेको बताए ।
भीमदत्त नगरपालिका ७ हल्दुखाल स्थित महाकाली जनसेवा माविका अध्यक्ष महेश विष्टले किताब वितरण भएकै दिनदेखि पठन पाठन हुने बताए । दोधाराचाँदनी नगरपालिका ९आम्भोजमा रहेको अम्बिका मावि आम्भोजका प्राध्यानाध्यापक अमर बहादुर बुढाले विगतका बर्षहरु भन्दा यस बर्ष समयमै किताब आएको बताए ।
भीमदत्त नगरपालिका १८ कटान स्थित महेन्द्रनगर माध्यामिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोशी(बोक्सर)ले समयमै पाठ्यपुस्तक पाईएपछि विद्यालयमा पाठ्यपुस्तक पुगेको बताए । पुनर्वास नगरपालिका ७ परासनमा रहेको राष्ट्रिय आधारभूत विद्यालयका प्रअ चन्द्र बहादुर थापाले विगतका बर्ष भन्दा यस बर्ष समयमै किताब पुगेको बताए । ‘विगतका शैक्षिकसत्र शुरु भएपछि महिनौँ दिन लगाएर किताब पुग्थे, ‘उनले भने, ‘अहिले समयमै किताब विद्यालयमा पुगेको छ ।’
शिक्षा समन्वय ईकाई कञ्चनपुरले चालु शैक्षिकसत्रमा कक्षा १ देखि १० सम्मका अध्ययन गर्ने कञ्चनपुरका सम्पूर्ण विद्यार्थीहरुका लागि पाठ्यपुस्तक पुगेको जनाएको छ । शिक्षा समन्वय ईकाइ कञ्चनपुरका अधिकारी राजेन्द्र प्रसाद भट्टले जिल्लाका सबै पालिकामा रहेका सामुदायिक विद्यालयमा पाठ्यपुस्तक पुगेको बताए । उनका अनुसार कक्षा १ देखि ५ सम्मको पाठ्यपुस्तक कञ्चनपुरमै रहेको जगदम्बा आधुनिक छापाखानामा मुद्रण गरिएको छ । भने ६ देखि १० कक्षा सम्मको पाठ्यपुस्तक जनक शिक्षा सामग्री केन्द्रले छापेर जिल्लामा पठाएको छ ।
जनक शिक्षा सामग्री केन्द्रले कक्षा ६ देखि १० कक्षासम्मका १ करोड ५० लाख पाठ्यपुस्तकहरु छपाईको काम सम्पन्न गरी बिक्रीवितरण गरेको हो । गत चैत २४ गतेदेखि देशभर पाठ्यपुस्तक बिक्रीवितरण शुरु भएको थियो । शिक्षा समन्वय ईकाइ कञ्चनपुरको तथ्याङ्क अनुसार गत शैक्षिक सत्र ०७९ मा ८ हजार ३सय ७६ बालविकास, १देखि ५सम्म २५ हजार, ८सय १८, कक्षा ६देखि ८सम्म १ हजार ५सय ९१, कक्षा ९ र १०मा १५ हजार, ६सय २७ र कक्षा ११ र १२मा ८ हजार, ७०३ विद्यार्थी गरी झण्डै ८० हजार १सय १५ विद्यार्थी भर्ना भएका थिए । बोडिङ्गतर्फ ६४ हजार, २सय ६६ विद्यार्थी भर्ना भएका थिए । गत शैक्षिक सत्र कञ्चनपुरमा गत र्गा १ लाख ४४ हजार ३८१ विद्यार्थी भर्ना भएका थिए । यस बर्ष डेढलाख बढि हुने अपेक्षा गरिएको छ । कञ्चनपुरमा समेत पुगेर विद्यार्थीलाई वितरण गरिएको छ । केही विद्यालयले वितरण गरेपनि कक्षा संचालन गरेका छन । यस बर्ष समयमै किताब पुगेपछि अभिभावक समेत हर्षित भएका छन । यहाँका अभिभावकले समयमै सरकारले किताब विद्यार्थीको हातहातमा पु¥याएको भन्दै धन्यवाद प्रकट गरेका छन । महेन्द्रनगरका स्थानीय समेत रहेका अभिभावक पदम ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड) नेतृत्वको सरकारले नियमित ताकेता गरेपछि यस बर्ष समयमै किताब विद्यार्थीको हातमा पुगेको बताए । झलारीका स्थानीय समेत रहेका अभिभावक महेश महराले प्रचण्ड नेतृत्वको सरकारले देखिने गरि देशैभरी किताब पु¥याएको बताए । ‘बल्ल देशमा सरकार भएको महसुस भएको छ, ‘उनले भने, ‘अहिले सरकारले विद्यार्थीको हितमा काम गरेको देखियो ।’
पुनर्वासका करन बहादुर तामाङ्गले वर्तमान सरकारले कञ्चनपुर सहित देशभर समयमै किताब पु¥याउन सफल भएको बताए । ‘यस पटक वर्तमान सरकारले समयमै विद्यार्थीको हातहातमा किताब पु¥याएको छ, ‘यो एक प्रकारको सफलता पनि हो, ‘उनले भने, ‘विगतका बर्षहरुमा समयमै किताब नपाउँदा सास्ती बेर्होनु परेको थियो ।’ स्थानीय अभिभावक मात्रै होईन जिल्लाबारीले समेत यसरी नै सरकारले प्रभावकारी काम गर्नुपर्नेमा जोडदिदै भावि दिनमा समेत शैक्षिक स्तर बृद्धिका साथै अन्य क्षेत्रमा समेत काम गर्नुपर्ने सुझाव दिएका छन ।







