आदर्श किर्केट एकेडेमीको पूर्व सांसद निरु पालद्वारा उदघाटन

कन्चनपुर : आदर्श विकास युवा क्लबद्वारा निर्मित आदर्श किर्केट एकेडेमी उदघाटन कार्य सम्पन्न भएको छ । कञ्चनपुरको भीमदत्त नगरपालिका ११ हुनैनाथ टोल स्थित निर्माण भएको उक्त किर्केट एकेडेमी खेल ग्राउन्डको प्रतिनिधि सभाकी निवर्तमान सांसद निरु पालले मंगलबार उदघाटन गरेको युवा क्लबका अध्यक्ष नरेन्द्र सार्कीले बताए ।

बालबालिकाकाको खेल प्रतिको रुचि बढाउन र पछिल्लो समय बालबच्चाहरूले मोबाइल तथा अन्य कार्यमा अनावश्यक समय व्यतित गर्ने हुँदा उक्त समयको सही ठाउँमा सदुपयोग होस् भनी किर्केट एकेडेमी निर्माण गरेको अध्यक्ष सार्की बताउँछन् । उनले भने , “ अनावश्यक मोबाइल चलाउने लत तथा अन्य कार्यमा लागि शारीरिक, मानसिक रुपमा बच्चामा गलत प्रभाव गएको हुँदा बालबालिकाको शारीरिक ,मानसिक अवस्था सुधार गर्न र खेल प्रतिको आकर्षण पैदा गरी भोलिका दिनमा देशका लागि राम्रो खेलाडी उत्पादन गर्ने हाम्रो किर्केट एकेडेमीको उदेश्य छ ।”

क्लबका अध्यक्ष सार्कीको अध्यक्षतामा सम्पन्न उक्त किर्केट एकेडेमीको उदघाटन कार्यक्रममा प्रमुख अतिथी पूर्व सांसद निरु पाल लगायत अन्य समाबसेवि र स्थानियहरुको सहभागिता रहेको बताइएको छ । उक्त युवा क्लबले विगत लामो समयदेखि टोलमा युवाहरुलाई सामूहिक पठनपाठन गराउने देखि टोल सरसफाई गर्ने जस्ता सामाजिक कार्य गर्दै आएको छ ।

ताजा समाचार

This will close in 10 seconds