संस्कृती प्रबद्धन कार्यक्रम खोज तथा अनुसन्धान सहजीकरण कार्यशाला सुरु


कञ्चनपुर : कञ्चनपुरमा संस्कृती प्रबद्धन कार्यक्रम खोज तथा अनुसन्धान सहजीकरण कार्यशाला सुरु भएको छ । २ दिने कार्यशालामा समाज रुपान्तरणको पाठशाला, संस्कृती सम्पदालाई आयआर्जन सँग जोडन संस्कृती प्रबद्धन कार्यक्रम खोज तथा अनुसन्धान सहजीकरण कार्यशाला सुरु भएको हो । माक्र्सवाद ज्ञान केन्द्र केन्द्रिय समिती काठमाण्डौको आयोजनामा र माक्र्सवाद ज्ञान केन्द्र सुदूरपश्चिम प्रदेशको व्यवस्थापकमा सुरु भएको कार्यशाला गोष्ठीमा हाम्र कला संस्कृती, मुल्य मान्यता, रहनसहनलाई कसरी आयआर्जन सँग जोडन सकिन्छ त भनेर यो २ दिने कार्यशालाको आयोजना गरिएको कार्यक्रम संचालक एवम माक्र्सवाद ज्ञान केन्द्र सुदूरपश्चिम प्रदेशका अध्यक्ष दुर्गाप्रशाद भण्डारीले जानकारी दिएका छन् । अहीले पनि हाम्रा समाजमा बिभिन्न रहनसहन, चालचलन, संस्कृती आदी रहेको अवस्थामा यिनीहरुको सम्वद्र्धन गर्न आवस्यक रहेको बताए ।

कार्यक्रमको अध्यक्ष एवम माक्र्सवाद ज्ञान केन्द्र केन्द्रिय समितिका बरिष्ठ उपाध्यक्ष बिश्वेश्वर कट्टेलले समुदायमा चाहिने संस्कृती कला सिप,रहनहसन सदैव जिवित रहने तथा नचाहिने चिजवस्तु नाश भएर जाने बताए । संस्कृती सदैव सम्वृद्धी ल्याउने खालको हुनुपर्ने, संस्कृती भित्रको विकृतीलाई हटाएर समाजमा असल राम्रा संस्कारको विकास गरी आफनो रहनसहन संस्कृती सम्पदाको प्रवद्र्धनलाई स्थानिय समुदायको जिविकोपार्जनसँग जोडिनु पर्ने बताए । उनले संस्कृत भनेको सामाजिक उत्पादन, सामाजिक औजार र सामाजिक प्रक्रिया हो जुन लिङग जाती, सामापिजक वर्ग, र थप सहित विविध सामाजिक अनुभव र पहिचान भएका सामाजिक समुहद्धारा लामो समयको अन्तरालमा व्यक्ती वा समाजको आवस्यक्ता परिपुर्ती गर्ने सवालमा भएका निर्माण र प्रयोगको परिणामा भएको बताए । कार्यक्रमका बिशेष अतिथी एवम माक्र्सवाद ज्ञान केन्द्र केन्द्रिय समिती काठमाण्डौका संयोजक सल्लाहाकार डा. निमानन्द रिजालले आय आयआर्जनसँग संस्कारको विकास भए त्यसको संरक्षण सम्बर्दन हुने बताए ।

संस्कृती संस्कारलाई पनि आर्थिक पक्षसँग जोडेर हेरिनु पर्ने बताए ।समाजमा असमान सामाजिक परिवेशका उत्पादनकर्ता संस्कृतीको रुपमा हुर्किएका गलत संस्कृती हर्कतहरु ह्ुन् यस्ता उत्पादन भौतिकरुपमा बिद्यमान सामाजिक अन्तर विरोधहरुबाट र्सजना हुन पुगेका हुन्छन् ती तत्हरु शक्तिको रुपमा रहेको बताए । कार्यक्रमका प्रमुख अतिथि सुदूरपश्चिम प्रदेश सभा सदस्य तथा पूर्व मन्त्री प्रकाश रावलले अहिलेको समय सन्र्भमा आफनो कला संस्कृतीलाई जेगर्ना प्रवद्र्धन गरिएन भने, हाम्रो आफनो पहिचान पनि गुम्ने र हामी कोहौँ ? कहाँबाट आएका हौँ ? भनेर खोज्नु पर्ने बताए । अहलिे पुस्ताले पहिलेका रहनसहन रितिरिवाज कला संस्कृती आफना सम्पदाको पहिचान गरी त्यसबाट अपनाउनु पर्ने कुराहरुलाई आत्मसाथ गर िजिवनमा पनि लागु गर्नुपर्नेमा जोड दिए । आफनो कला संस्कृतीलाई जोगाई राख्यो भने, यस क्षेत्रमा आर्थिक रुपले बलियो हुनेमा आफु विश्वस्त रहेको बताए । पर्यटकिय हिशावले आम्रा कला संस्कृती रितिरिवाज धेरै धनी रहेको र यहाँका प्राकृतिक तथा पुरातात्वीक सम्पदाको उचित संरक्षण गरीनु पर्ने बताए ।


Loading Viewer...

ताजा समाचार

spot_img