घरबाटै मोबाईल र साईकल चोरी


कञ्चनपुर : कञ्चनपुरको महेन्द्रनगर गल्ली नम्बर ५को एक घरबाटै मोबाईल र साईकल चोरी भएको छ । भीमदत्त नगरपालिका ४ महेन्द्रनगर रामसोगारथ ठाकुरको घरबाट मोबाईल र साईकल चोरी भएको हो । ४ बैशाख घरभित्रैबाट ठाकुरका जेठा छोरा भुवन ठाकुरको एनड्रोईड मोबाईल चोरी भएको छ ।

सिसिभिटीको फुटेज अनुरुप उक्त मोबाईल एक महिलाले चोरेको देखिन्छ । घर भित्र पसेकी ति महिलाले हातमा मोवाईल लिएर मास्क लगाएर बाहिर गएको देखिन्छ । भुवन महेन्द्रनगर नमुना मावि(साधारण स्कुल)का प्राविधिक विद्यार्थी हुन । उनले शैक्षिक अध्ययनका थुप्रै डकुमेन्ट रहेको बाबु राम सोगारथ ठाकुरले बताए । ‘चोरी भएको एक सात भन्दा बढि भयो, प्रहरीलाई निवेदन पनि दिएका छौँ, ‘उनले भने, ‘कुसै सुराक पाईएको छैन, न मोबाईल पाईयो, न साईकल ।’

आफ्नो साईकलसंगै अन्य स्थानीयका पनि साईकल चोरी भएका छन । ठाकुर परिवारले मोबाईलमा महत्वपूर्ण डकुमेन्ट भएकाले खोजिका लागि प्रहरीसंग अनुरोध गरेको छ । कञ्चनपुर प्रहरीले मोबाईल र साईकल चोरी गर्नेको खोजि भईरहेको जनाएको छ ।


Loading Viewer...

ताजा समाचार

spot_img