वेदकोट नगरपालिकामा डोको र नाङलो बनाउने तालिम सम्पन्न


वेदकोट : वेदकोट नगरपालिकामा महिलाहरुलाई डोको र नाङलो बनाउन सिकाउने तालिम सम्पन्न भएको छ । मंगलवारदेखी सुरु भएको उक्त तालिममा वेदकोट नगरपालिका को १० वटै वडाबाट ५ जना महिलाहरु गरी ५० जना महिलाहरुको सहभागिता रहेको थियो । वेदकोट नगरपालिकाको वडा नम्वर ७ मा रहेको बैजनाथ महिला बहुउदेस्य सहकारी संस्थाको आयोजनामा र वेदकोट नगरपालिकाको आर्थिक सहयोगमा संचालन भएको तालिम ५ दिन सम्म संचालन भएको हो ।महिलाहरुका लागि आत्मनिर्भर आयआर्जन गर्नका लागि तालिमको आयोजना गरिएको सहरकारीका अध्यक्ष मञ्जु सिंहले जानकारी दिईन् । महिलाहरुले आफनो घरमा बसेर सिकेको सिपलाई व्यवहारमा लागु गरी आयआर्जनमा वृद्धि गराउने उदेस्यले तालिमको आयोजना गरिएको अध्यक्ष सिंहले बताईन् ।

प्रशिक्षकमा रहेका वेदकोट नगरपालिका ४ का धनिराम ओडले आफुले बढी समय प्रदान गरेर सहभागीहरुलाई डोको नाङलो छाप्रो पनि बनाउने सिप प्रदान गरेको बताए । सबै महिला तथा पुरुष सहभागीहरुले मेहनेत तथा समय दिएर आफुले पनि सिप सिकेकको उनले बताए ।तालिममा सिप सिकेर महिलाहरुले उत्पादन गरेका सबै सामग्रीहरुलाई सहकारी आफैले खरिद गरेर उनिहरुलाई बजारीकरण गर्नमा पनि सहयोग गर्ने भएको छ । तालिमका सहभागी वेदकोट नगरपालिका ७ का नन्दा सावदले यो तालिममा सहभागी हुन पाउँदा खुशी लागेको बताईन् । यो तालिमबाट आफुले अब डोको, छाप्रो लगायतको सामग्रीहरु बनाउन सक्ने क्षमता र सिप सिकेको उनले बताईन् ।कार्यक्रमका प्रमुख अतिथी एवम नगर उपप्रमुख तुलसी जोशीले महिलाहरुलाई यो ५ दिने तालिमले धेरै ज्ञान तथा सिप सिकेको कुरा बनाएका डोको नाङलो छाप्रो देखाएको बताईन् । तालिमबाट सिकेका ज्ञान सिपहरुलाई आफनो व्यवहारमा पनि प्रयोग गरी आयआर्जन गर्न पनि आग्रह गरिन् ।

तालिमले दिन खोजेको ज्ञान सिपहरुले नै महिलाहरुलाई सक्षम, आत्मनिर्भर,आर्थिकरुपमा सम्पन्न बनाउने भएकाले सबैले तालिममा सक्रिय भुमिका खेलेकोमा धन्यवाद व्यक्त गरिन् ।अहिले बजारमा पाईने प्लाष्टिकका सामानहरुलाई यि बनाईएका सामानहरुले विस्थापित गर्न सक्नुपर्ने बतार्यन् । अहिले पनि परम्परागत भाडाकुडाहरु सामानहरु अहिले लोप हुने अवस्थामा रहेको छ । यो तालिमले सिप मात्रै सिकाएन हाम्रा परम्परागत सिपको पनि जेगर्ना तथा भाँडाकुडाको पनि जेगर्ना गर्न सिकाएको उनले बताईन् । आफुले सिकेका सिपहरुलाई अन्यलाई पनि हस्तान्तरण गरिनु पर्ने बताईन् ।


Loading Viewer...

ताजा समाचार

spot_img