घाँस काट्न खेतमा गएकी बेलौरीकी महिला माथि बाघको आक्मण


क्ञ्चनपुर : कञ्चनपुरमा बाघको श्रृखलाबद्ध आक्र्रमण रोकिएको छैन । जिल्लाको सीमावर्ती गाँउबस्तीमा बाघले श्रृखलाबद्ध ढङगबाट मानिसमाथि आक्र्रमण गरिरहेको छ । नेपाल–भारत कञ्चनपुरको दक्षिणी क्षेत्र बेलौरी, पुनर्वास सीमावर्ती गाँउबस्तीमा बाघले श्रृखलाबद्ध ढङगबाट आक्र्रमण गरिरहेको छ । गत १० चैत्रमा पुनर्वास नगरपालिका १० विकासबस्तीकी कलसा सार्कीलाई आक्र्रमण गरेको ठिक एक महिनामै बेलौरी नगरपालिका ८ पचुईकलकत्ताकी एक महिलामाथि आक्र्रमण गरेको छ ।

पुनर्वासकी सार्की महिलामाथि आक्र्रमण गरेको दुई सातामा भारत लखिमपुरखिरीकी एक भारतीय महिलामाथि आक्र्रमण गरेको बाघले फेरी नेपाल बेलौरी ८ कलकत्ता पचुईकी गंगा चन्दमाथि आक्र्रमण गरेको छ । शुक्रबार बिहान खेतमा घाँस काटन गएकी गंगालाई बाघले आक्र्रमण गरेर आफ्नो नियन्त्रणमा राखेको स्थानीयले बताए । उखुबारी भएकाले बाघ र महिलाको खोजी कार्य जारी गरिएको छ । ईलाका प्रहरी कार्यालय बेलौरीका इन्चार्ज सन्द्रीपचन्द्र शाहले महिलामाथि आक्र्रमण गरेको बाघ झाँडीमा लुकेको बताए । घाईते महिला र बाघको ड्रोन क्यामेरा मार्फत खोजी भईरहेको छ । मानिसमाथि श्रृखलाबद्ध आक्र्रमण गर्न थालेपछि सीमावर्ती नेपाल भारतका स्थानीय त्रसित भएका छन ।

सोही बाघले नै एक महिनाको अवधिमा (नेपाल भारत) तीन महिलामाथि आक्र्रमण गरेको छ । ति महिलाको अवस्था चिन्ताजनक रहेको स्थानीयले बताएका छन । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य लोकेन्द्र लम्सालले स्थानीय प्रशासनबाट उक्त क्षेत्रमा आवश्यक जनशक्ति परिचालन गरेर घाईतको उद्दार र बाघ नियन्त्रणमा लिनुपर्ने बताए ।


Loading Viewer...

ताजा समाचार

spot_img