दलित मुक्ति संगठनद्वारा दलित समुदायलाई निःशुल्क शिक्षाको माग अघि सारेर ज्ञापन


कञ्चनपुर : नेपाल दलित मुक्ति संगठन कञ्चनपुरले दलित समुदायका विद्यार्थीलाई निःशुल्क शिक्षा दिनुपर्ने माग अघि सारेर विभिन्न सरकारी निकायमा ज्ञापन पत्र बुझाएको छ ।
नेकपा एकीकृत समाजवादी निकट नेपाल दलित मुक्ति संगठनले कञ्चनपुरका विभिन्न सरकारी निकाय, कार्यालमा दलित समुदायका विद्यार्थीलाई निःशुल्क शिक्षा दिनुपर्ने माग अघि सारेर विभिन्न सरकारी निकायमा ज्ञापन पत्र बुझाएको हो । नेपाल दलित मुक्ति संगठन कञ्चनपुरका अध्यक्ष मदन सेरालाले विद्यार्थी अभियान संचालन भईरहेका बेला फेरीपनि लक्षित वर्ग दलित समुदायका बालबालिकाबाट भर्ना शुल्क अशुलिरहेको भन्दै भीमदत्त, बेदकोट, शिक्षा विकास तथा समन्वय इकाई, बोधार्थ प्रशासनमा बुझाईएको बताए ।

दलित मुक्ति संगठन कञ्चनपुरका अध्यक्ष मदन सेरालाले संविधानको धारा ४० उपधारा २ ले ललित विद्यार्थीलाई प्राथमिकदेखि उच्च शिक्षासम्म छात्रबृति समेत निःशुल्क व्यवस्था गरेपनि अहिले विभिन्न सामुदायिक विद्यालयले रकम अशुली गरिरहेको भन्दै पालिका सहितका शिक्षा विकास तथा समन्वय इकाई कार्यालयमा ज्ञापन पत्र बुझाएको छ । यसका साथै राष्ट्रिय भूमि आयोग कञ्चनपुरमा समेत ज्ञापन पत्र बुझाउँदै निःशुल्क जमिन दिनुपर्ने माग अघि सारेको छ । नेपाल दलित मुक्ति संगठन कञ्चनपुरले दिएको ज्ञापन पत्र बुझ्दै पालिका सहितका निकायले दलित समुदायका विद्यार्थी एव दलित समुदायको भूमि सम्बन्धीत समस्या समाधान गर्ने प्रण गरेका छन ।


Loading Viewer...

ताजा समाचार

spot_img