कञ्चनपुर : मर्सिकोर र निड्स नेपालको साझोदारीमा सञ्चालित समुदायको लागि बाढी उत्थानशिलता मापन कार्यक्रमले सामुदायिक विपद व्यवस्थापन समितिको लागि वकालत सम्बन्धी २ दिने तालिम कार्यक्रम सम्पन्न गरेको छ ।
समुदायिक विपत व्यवस्थापन समितिहरुलाई दुई दिने वकालत सम्बन्धी प्रशिक्षण दिएको छ । उक्त प्रशिक्षण कार्यक्रममा कृष्णपुर नगरपालिकाको ३ वटा समुदायीक विपद व्यवस्थापन समितिका २७ जनाले भाग लिएका छन् । जसमा मछेली, वण्डा र बनरा नदीका समुदायिक विपत व्यवस्थापन समितिले भाग लिएका हुन् ।

सामुदायिक विपद व्यवस्थापन समिति परियोजनाका कार्यक्रम संयोजक नविन भण्डारीका अनुसार ‘समुदायिक विपद व्यवस्थापन कार्यक्रमले आफ्ना समस्या आफुले भोगेको सवाल सरोकारवाला निकाय सम्म कसरी लैजाने र कुन महिनामा कुन योजना लैजान सकिन्छ भन्ने विषयमा जानकारी गराएको बताए।’ कार्यक्रममा सहभागी कृष्णपुर नगरपालिका –२ का मछली सिडीएमसीका सचिव जितबहादुर महराले ‘यस कार्यक्रमले आफ्ना समस्या, सवालहरुलाई सरोकारवाला पक्ष सम्म कसरी पु¥याउने र कुन समस्यालाई बढी प्राथमिकता दिने भन्ने बारेमा जानकारी पाएको बताए ।’

मर्सिकोर नेपालका वरिष्ठ कार्यक्रम अधिकृत नविन जोशीले ‘समुदायको बाढी उत्थानशिलता मापन, कार्यक्रम अन्तर्गत समुदायको उत्थानशिलताको विकास गर्न विभिन्न कार्यक्रम सञ्चलनमा रहेको बताएका छन्’ । स्थानीय समुदायमा हुने विभिन्न समस्याहरुको समाधानका लागि सम्बन्धीत निकायमा पु¥याउनको लागि वकलात गर्न जस्तै स्थानीय, प्रदेश, र संघीय सरकार सम्म आफ्ना समस्या कसरी पु¥याउने भने सम्बन्धी यो तालिमले सहयोग पु¥याउने अधिकृत जोशीले बताए ।







