कञ्चनपुर: ग्राभिल गर्नुपर्ने सडकमा कसरी भ्रष्टाचार हुन्छ भन्ने उदाहरण हेर्नका लागि अन्त कतै जानु प्रदैन, त्यो एक पटक कञ्चनपुरको बेलडाँडी गाँउपालिका ३ कमरीमा निर्माण भईरहेको सडकमा हेर्न गएपुग्छ । कमरीमा निर्माण भईरहेको सडक स्तरोन्नतीमा बदमासी भईरहेकोछ । उपभोक्ता समितिले सडक स्तरोन्नतीको योजनामा बदमासी गर्न लागेको छ । ग्राभिल हाल्नुपर्नेमा वालुवा हालिरहेका छन । जबकी योजनाको स्टमेटमा ग्राभिल रहेको छ । स्टमेट सहित छनौट स्थान भन्दा अतिरिक्त ठाँउबाट ग्राभिल हाल्ने काम र सडक स्तरोन्नतीमा बदमासी भएपछि स्थानीय बिरोधमा उत्रिएका छन ।
स्थानीय राम बहादुर रानाले स्टमेट भन्दा बाहिर गएर सडक निर्माण त्यसमा पनि ग्राभिल हाल्नुपर्नेमा वालुवा, माटो हालेर योजना फछ्यौट गरेर बजेट पचाउने काम भएको बताए । उनका अनुसार बलुरानाको घरदेखि जगदिश रानाको खेतसम्म झण्डै ५ लाख बजेटमा सडक ग्राभिल स्तरोन्नती गरिदैछ ।

तर, उपभोक्ता समितिले बदमासी गरेपछि सरकारको लगानी बालुवामा पानी भईरहेको उनले बताए । सडक स्तरोन्नतीमा बदबासी भएको भन्दै शनिबार स्थानीयले बिरोध गरेका छन । बिरोध गर्दै स्थानीयले स्टमेट अनुरुप सडक निर्माणदेखि गुणस्तरिय बनाउन माग अघि सारेका छन । स्थानीयसंग उपभोक्ता समितिका पदाधिकारीले स्टमेट अनुरुप गुणस्तरिय काम गर्ने प्रतिबद्धता जनाएका थिए । बेलडाँडी गाँउपालिका ३का वडाध्यक्ष दुर्गा चौधरीले उक्त स्थानमा सडक स्तरोन्नतीमा आएको विवाद समाधान गरिने बताए । शनिबार आफैले सडक निर्माण स्थलमा अवलोकन गरेर स्थानीयसंग छलफल गरेको बताए । ‘त्यहाँ सडक निर्माणमा दुई पक्षका अलग अलग भनाई देखिए, ‘वडाध्यक्ष चौधरीले भने, ‘राम बहादुर राना र रामकिशन राना दुई पक्षविच सडक निर्माणमा अलग अलग भनाई देखिएका छन, दुवैको भनाई सम्बोधन गर्दै वडा अघि बढ्छ ।’ ग्राभिल हाल्नुपर्नेमा वालुवा हाल्ने काम गरेर बजेटपचाउने दाउमा रहेका उपभोक्ता समितिका सचिव खगेन्द्र रानाले गुणस्तरिय काम भएको दाविगरेका छन । योजना अनुरुप काम भईरहेको दावि गरेका छन । ‘हामी समितिका मान्छेलाई राजनीतिक दवाव छ, ‘उनले भने, ‘हामीले ग्राभिल हाल्ने हो, अरुले माटो हालिरहेका छन ।’ यद्यपी यसरी सडकमा भएको बेतिथिका विषयमा पालिका सहितका सम्बन्ध निकायले जिम्मेबारीपुर्वक हेनुपर्ने स्थानीयको सुझाव छ ।







