भीमदत्त ५ वडामा माओवादी केन्द्रद्वारा १५ बुँदे माग अघि सारेर ज्ञापन पत्र


कञ्चनपुर : भीमदत्त ५ वडामा माओवादी केन्द्रद्वारा १५ बुँदे माग अघि सारेर ज्ञापन पत्र कञ्चनपुर, २९ कञ्चनपुरको भीमदत्त नगरपालिका ५ नम्बर वडामा नेकपा माओवादी केन्द्रले ज्ञापन पत्र बुझाएको छ । नेकपा माओवादी केन्द्र भीमदत्त नगरपालिका ५ नम्बर वडा कमिटीले वडा कार्यालयमा ज्ञापन पत्र बुझाएको हो । नेकपा माओवादी केन्द्र कञ्चनपुरका युवा नेता बिरेन्द्र बिसीले वडा कमिटीले वडाको दिगो विकास एव सम्बृद्धिको माग अघि सारेर ज्ञापन पत्र बुझाएको बताए ।

माओवादी केन्द्र भीनपा ५का वडा इन्चार्ज करन बहादुर लुहार सहितका नेताहरुले वडाध्यक्ष पदमराज अवस्थीलाई ज्ञापन पत्र बुझाएका छन । वडाका किसानको समस्या समाधान, सरकारले डिजेलको मुल्य घटाएका बेला गहु थ्रेसिङको सुपथ मुल्य निर्धाण गर्नुपर्ने, वडाको भौतिक, शैक्षिक एव समाजिक बृद्धि विकास हुनुपर्ने, लगायतका विवित विषय अघि सारेर ज्ञापन पत्र बुझाईको छ । ज्ञापन पत्र बुझ्दै वडाध्यक्ष पदमराज अवस्थीले माओवादीले अघि सारेका माग सम्बोधन गरिने बताए ।


Loading Viewer...

ताजा समाचार

spot_img