सुदूरका विज्ञान गणित शिक्षकलाई तालिम


कञ्चनपुर : सुदूरपश्चिम प्रदेशका विभिन्न सामुदायिक विद्यालयमा कार्यरत गणित विज्ञान विषयका शिक्षकलाई तालिम दिईएको छ । नयाँ शैक्षिकसत्र २०८० शुरुवातको पुर्व सन्ध्यामा सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाका सामुदायिक विद्यालयमा कार्यरत गणित विज्ञान विषयका शिक्षकलाई तालिम लिईएको हो । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरबृद्धिका लागि गणित र विज्ञान विषयका शिक्षकलाई एसटिईएम शिक्षाको विकास प्रर्बद्धन विषयक शैक्षिक तालिम केन्द्र महेन्द्रनगरमा दुई दिने तालिम दिईएको छ । शिक्षा विकास निर्देशनालयले सामुदायिक विद्यालयको शैक्षिक स्तरबृद्धिका लागि गणित र विज्ञान विषयका शिक्षकलाई एसटिईएम शिक्षाको विकास प्रर्बद्धन तालिम दिईएको जनाएको छ ।

वर्तमान परिवेसमा शिक्षणको नयाँ विधी अनुरुप विज्ञान, प्रविधी, ईन्जिनियरिङ्ग र गणित विषयलाई संयुक्त रुपमा विकास गराउनका लागि उक्त तालिम लिएको शिक्षा विकास निर्देशनालयले जनाएको छ । बुधबार एक कार्यक्तमका विच तालिमको समापन गर्र्दै शिक्षा विकास निर्देशनालयका निर्देशक दुर्गादत्त विष्टले तालिमा सिकेका विषयबस्तु व्यवहारिक रुपमा कार्यान्वयन गर्दै सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरबृद्धि गर्न आब्हान गरेका छन । निर्देशक विष्टले सामुदायिक विद्यालयको शैक्षिक स्तर माथि उकास्नका लागि शिक्षकको महत्वपूर्ण भूमिका हुने भएकाले कार्यक्षेत्रमा दत्तचित्त भएर कामगर्न समेत आब्हान गरेका छन ।

तालिमका सहजकर्ता सुप विश्वविद्यालयका गणित विषयका उपप्राध्यापक हर्ष बहादुर चन्द र तालिम केन्द्रका पूर्व प्रशिक्षक बिरेन्द्र मावि शाहिलेकका प्रअ हर्क बहादुर चन्दले तालिम समापन कार्यक्तम शुभकामना मन्तव्य राख्दै शैक्षिक स्तर बृद्धिका जोडदिएका छन । तालिमका सहभागिहरुले नयाँ शैक्षिक शुरुवातकै पुर्व सन्ध्यामा आयोजित कार्यक्रमले केही उर्जा थपिदिएको बताउँदै तालिममा सिकेका विषयबस्तु व्यवहारिक कार्यान्वयमा प्रतिबद्धता जाहेर गरेका छन । शैक्षिक तालिम केन्द्र महेन्द्रनगरका प्रशासनिक सहायक मदनराज जोशीले एक कार्यक्रमका विच तालिम समापन गरिएको बताए ।


Loading Viewer...

ताजा समाचार

spot_img