कञ्चनपुर क्रिक्रेट मेला सम्पन

वडाकपको उपाधी भीनपा–४ र फारबेस्टन कर्पाेरेट क्रिक्रेट कपको उपाधी मेगा साकोसलाई


कञ्चनपुर: स्टार प्रोडक्सनको आयोजना तथा मन्त्र हस्पिटल एन्ड रिसर्च सेन्टरको मुख्य प्रायोजनमा संचालन भएको कंचनपुर क्रीकेट मेला अन्तर्गत कंचनपुर वडा लिगको उपाधी भिनपा–४ ले हात पारेको छ भने फारबेस्टन कर्पोरेट क्रीकेट कप २०२३ को उपाधी मेगा साकोसले हात पारेको छ ।आज भएको कंचनपुर वडा लिगको फाइनल खेलमा टस जित्दै शुक्लाफाँटा ७ ले ब्याटिङ गर्ने निर्णय गरेको थियो ! निर्धारित १० ओभरको खेलमा ७ बिकेटको क्षतिमा ४९ रन मात्र बनाउन सफल भयो । शुक्लाफाँटा ७ का लागि दिनेश ठगुन्नाले सर्बाधिक १६ रन बनाएका थिए । भिनपा ४ का अशोक पाली , सागर जोशी , राहुल चुनाराले समान २-२ बिकेट हात पारे ।

५० रनको बिजयी लक्ष्य हासिल गर्न मैदानमा उत्रेको भिनपा ४ ले ८.१ ओभरमा २ बिकेट गुमाएर लक्ष भेटाएको थियो । भिनपा ४ का लागि सन्तोश भट्टले अबिजित १७ बलमा २४ रन र आयुसमान बम ले ३० बलमा २२ रनको योगदान गरेका थिए । बलिड्ग तर्फ शुक्लाफाँटा ७ का दिनेश ठगुन्नाले २ बिकेट लिए पनि टिमलाई जित दिलाउन सकेनन । उक्त फाइनल खेलका म्यान अफ द म्याच अशोक पाली घोषित भए ।

वडा लिग विजेता टिम भिनपा ४ ले एक लाख धनराशि प्राप्त गरेको छ भने उपविजेता टिम शुक्लाफाँटा ७ ले पचास हजार धनराशि प्राप्त गरेको छ साथै लिगको उत्कृष्ट खेलाडी सन्दिप कुवर घोषित भए भने बेस्ट ब्याट्सम्यान र बेस्ट बालर किरण कुमार ठगुन्ना र सन्दिप कुवर घोषित भएका छन् ।

कर्पोरेट क्रीकेट कप २०२३

फारबेस्टन कर्पोरेट क्रीकेट कप २०२३ को उपाधी मेगा साकोसले हात पारेको छ । आज भएको फारबेस्टन कर्पोरेट क्रीकेट कप २०२३ फाइनल खेलमा टस जित्दै मेगा साकोसले फिल्डिङ गर्ने निर्णय गरेको थियो । सुदुरपस्चिम विश्व बिध्यालयले निर्धारित ८ ओभरको खेलमा १ बिकेट गुमाएर १११ रन बनाएको थियो । सुदुरपश्चिम विश्व बिध्यालयका लागि प्रदिप तिवारीले सर्बाधिक २८ बलमा अबिजित ५२ रनको योगदान गरे भने बाबुराम रावतले १७ बलमा ३० रनको योगदान गरेका थिए ।

११२ रनको लक्ष्य पछ्याउने क्रममा मैदानमा उत्रेको मेगा साकोसले ७.२ ओभरमा १ बिकेट गुमाएर लक्ष्य पूरा गरेको थियो । मेगा साकोसका लागि सन्तोश पन्तले २३ बलमा अबिजित ६३ रनको योगदान गरे भने किशोर खडायतले २१ बलमा अबिजित ४० रनको योगदान गरेर आफ्नो टिमलाई लगातर दोस्रो पटक बिजेता बनाउन सफल भएका थिए । सुदुरपश्चिम विश्व विध्यालयको बलिङ तर्फ भरत कुवरले १ बिकेट लिन सफल भएका थिए । भने उक्त फाइनल खेलका म्यान अफ द म्याच सन्तोश पन्त घोषित भएका थिए ।

कर्पोरेट क्रीकेट कपको विजेता टिम मेगा साकोसले एक लाख एघार हजार धनराशि प्राप्त गरेको छ भने उपविजेता टिम सुदुरपश्चिम विश्व बिध्यालयले पच्पन्न हजार धनराशि प्राप्त गरेको छ । साथै कर्पोरेट क्रीकेट कपको उत्कृष्ट खेलाडीको रूपमा हिक्मत सिह ठगुन्ना घोषित भए भने बेस्ट ब्याट्सम्यान र बेस्ट बालर बाबुराम राउत र चेतन प्रसाद जोशी घोषित भएका छन् । साथै कर्पोरेट क्रीकेट कपको फेयर प्ले अवार्ड एनएमबी बैंक लिमिटेडले प्राप्त गरेको थियो।

उक्त फाइनल खेलको समापन कार्यक्रमको प्रमुख अथितिमा भिमदत्त नगरपालिकाका नगर प्रमुख पदम बोकटि , विशिष्ट अतिथिमा जिल्ला क्रीकेट संघका अध्यक्ष बिरेन्द चन्द , महकाली प्रादेशिक अन्चल अस्पतालका अध्यक्ष कृष्णानन्द भट्ट , मन्त्र हस्पिटल एन्ड रिसर्च सेन्टरका एमडी डा. गोबिन्द रोकाया लगायतको सहभागी रहेको थियो ।


ताजा समाचार

spot_img