महेन्द्रनगर : कञ्चनपुरको वेदकोट नगरपालिका वेदकोट नगरपालिका ७ र ८ मा रहेको बैजनाथ वृद्धाआश्रममा रहेका वृद्धवृद्धाहरुलाई भोजन दान गरिएको छ । भीमदत्त नगरपालिकाका उपप्रमुख निलम लेखक, वेदकोट नगरपालिकाका नगर उपप्रमुख तुलसी जोशी, नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखककी पत्नी यसोद लेखक लगायतका दिदिबहिनीहरुले भोजन दान गरेका हुन् ।
जेष्ठ नागरिकहरुलाई नयाँ वर्षको पूर्व सन्ध्या तथा सुदूरपश्चिममा मनाईने चैतेलोको अवसरमा पनि उक्त भोजन दान गरिएको वेदकोट नगरपालिकाका नगर उपप्रमुख जोशीले बताउनु भयो । आफनो रितिरिवाज संस्कार संस्कृतिलाई जेगर्ना गर्ने उदेश्यले वृद्धवृद्धाहरुलाई भोजन दान गरिएको हो । साथै चाडपर्वमा आफुहरु भोकै रहेर पनि आफना बालबालिकाहरुलाई पेट भर्ने बुवा आमाहरु अहिले वृद्धा आश्रममा रहेको एक्लो महसुस गरिरहेको अवस्थामा उहाँहरुको एक्लोपनलाई कम गर्न र उहाँहरुको अर्ती उपदेश सुन्नका लागि पनि उक्त वृद्धा आश्रममा उक्त क्रम गरिएको वेदकोट नगरपालिकाका उपप्रमुख जोशी बताउनु भयो ।






