२५ नं. बाहिनी अड्डा भगतपुरद्वारा सरसफाई


खडक बहादुर कोली/कञ्चनपुर : सुदूरपश्चिम प्रदेश कञ्चनपुरको भीमदत्त न.पा–१८ भगतपुर मा रहेको २५ नं बाहिनी अड्डाले सरसफाई गरेको छ । देशको सुरक्षाको महत्वपूर्ण जिम्मा लिएको नेपाली सेनाले नयाँ वर्ष को पुर्व सन्ध्या २०८०को उपलक्ष्यमा सरसफाई अभियान चलाएको हो । शनिबार भीनपा–१८ मा रहेको कालिका माताको मन्दिर परिषरमा सरसफाई अभियान गरेको छ । कञ्चनपुरको महेन्द्रनगर बजार तथा आसपासका स्थानियहरुले पुजा पाठ गर्ने धार्मिक आस्था रहेको उक्त मन्दिरमा फोहोर भए पछि नेपाली सेनाले सरसफाई गरेको हो । उक्त सरसफाई कार्य गरेको प्रति स्थानिय हर्षित भएका छन् ।

यस्तो सामाजिक उत्तरदायित्वको कार्य सबैले आ–आफ्नो टोल गाँउ समुदायमा रहेका धार्मिक स्थल, पुरात्वात्तिक, ऐतिहासिक, र पर्यटकिय क्षेत्रहरुको सरसफाई सम्वद्र्धन र जेगर्ना गर्नु पर्ने स्थानिय समाजसेवी तथा कालिका मन्दिर क्षेत्र विकास समितिका सचिव विमल खडायतले बताउनु भएको छ । जिल्लामा रहेका यस्ता ऐतिहासिक धार्मिक स्थलहरुलाई स्थानिय पालिकाले पर्यटकीय क्षेत्र तथा अन्य समाजिक सूचिकरणमा राख्निुपर्ने उनले माँग गरेका छन् । साथै विभिन्न धार्मिक मठमन्दिर जिर्ण अवस्थामा रहेको हुदाँ स्थानिय पालिका प्रदेश सरकारले मर्मत, संरक्षणका लागि बजेटको व्यवस्थापनि गर्नुपर्ने खडायतले बताउनु भयो । जसले गर्दा जिर्ण हुदैं गई रहेका पुराना मठ मन्दिर धार्मिक स्थलहरुको सम्वद्र्धन हुने र वाह्य तथा आन्तरिक पर्यटनहरुको केन्द्र बिन्दु भई आर्थिक रुपले पनि सबलिकरण हुने सचिव खडायतले बताउनु भयो ।

विभिन्न समयमा समाजिक कार्यमा अग्रसर हुदैं आएको सेनाले यसपालि पनि नयाँ वर्षको अवसर पारेर सरसफाई गरेको हो । धार्मिक हिसाबले पवित्र मानिने मन्दिरको परिषरको वरिपरि फोहोर भएपछि मन्दिर परिषर र त्यहाँ स्थिीत सडक खण्डमा सफाई गरेको हो । नेपाली सेनाले धार्मिक आस्था बोकेको र भगवति कालिकाको पुजा आजा गर्दै आएको छ । हरेक वर्ष नवरात्रीमा सप्तमीका दिन (फुलपाति) संकलन गरी चढाउने पनि गर्दछ । आम जनसमुदायको स्वास्थ्य तथा वातावरण सँग प्रत्यक्ष सरोकार राख्ने यस किसिमको सरसफाई कार्यक्रम नेपाली सेनाले विगत लामो समय देखि सहभागी भई यस्ता किसीमका क्रियाकलापहरु सफल बनाउन आफ्नो तर्फबाट योगदान दिदै आएको छ ।


Loading Viewer...

ताजा समाचार

spot_img