कृष्णपुर नगरपालिका २ नम्बर वडाले गहुँ थे्रेसिङ्गको मुल्य तोक्यो


कञ्चनपुर : कञ्चनपुरको कृष्णपुर नगरपालिका २ नम्बर वडाले गहुँ थ्रेसिङ्गको मुल्य तोकेको छ । कृष्णपुर नगरपालिका २ नम्बर वडाले गहुँ थ्रेसिङ्गको मुल्य तोकेको हो । सरकारले ईन्धनको मुल्य घटाएसंगै टेक्टर धनीले गहुँ थ्रेसिङ्ग र खेत जोताईको मुल्य आफुखुसी लिईरहेको गुनासो आएपछि वडा कार्यालयले गहुँको मुल्य निर्धारण गरेको छ ।

कृष्णपुर नगरपालिका २ का वडाध्यक्ष अर्जुन सिह साउदले हस्ताक्षरित गरेको पत्रमा गहुँप्रति घण्टा २हजार र गहुँ उत्पादनको परिमाण अनुरुप ४सय ५०रुपैया निर्धारण गरेको छ । जिल्लाका ९ पालिका मध्ये ९२ वडा मध्ये कृष्णपुर नगरपालिका २ वडाले पहिलो पटक गहुँको मुल्य निर्धारण गरेको हो । सरकारले डिजेलको मुल्यमा प्रति लिटर १०रुपैया घटाएसंगै टेक्टरधनीले आफुखुसी गहुँ थ्रेसिङ्गको मुल्य लिन थालेपछि वडा कार्यालयले अनाधिकृत रुपमा मुल्य नलिन टेक्टरधनीसंग आग्रह गरेको छ ।


Loading Viewer...

ताजा समाचार

spot_img