दार्चुलामा एमाले नेता कार्यकर्ताको आतङ्क

पत्रकार कुटपिट पछि काँग्रेस नेतामाथि साँघात्मिक आक्र्रमण


दार्चुला:  दार्चुलामा एमाले नेता कार्यकर्ताले आतङ्क मच्चाएका छन । सत्ता बाहिर रहेको एमाले नेता कार्यकर्ताले एकपछि अर्कोमाथि आक्र्रमणमा उत्रिएका हुन । दार्चुला पत्रकार हरि जोशीमाथि कुटपिट गरेको घटना सेलाउन नपाउँदै फेरी एमाले एक नेताले काँग्रेस नेतामाथि साँघात्मिक हमला गरेको छ । एमाले दार्चुलाका जिल्ला उपाध्यक्ष चरन सिंह बुढाथोकीको समुहले काँग्रेस नेतामाथि साँघात्मिक हमला गरेको छ । एमाले उपाध्यक्ष बुढाथोकीले ढुङ्गा प्रहार गरेर काँग्रेस दार्चुला पुर्व जिल्ला सचिव हरक बिष्टलाई घाईते बनाएका छन ।

बुधबार राती करिब पौने ९ बजेतिर महाकाली नगरपालिका ४ सुपथ मुय पसल अगाडि बुढाथोकीले बिष्टमाथि ढुङ्गा प्रहार गरेका हुन । ढुङ्गा प्रहारबाट विष्टकोृ हात र खुट्टामा गम्भिर चोट लागेको छ । घाईते विष्ट अहिले जिल्ला अस्पतालमा उपचार भैरहेको छ । घटना किन र कसरी भयो? त्यसको सम्पुर्ण विवरण खुलिसकेको छैन । घाईतेका आफन्तले हत्या गर्ने उदेश्यले एमाले जिम्मेबार नेताबाट गरिएको भन्दै दोषिमाथि कार्बाहीको माग अघि सारेको छ ।

यसरी एमाले नेता कार्यकर्ताबाट पत्रकारदेखि फरक दलका नेता कार्यकर्तामाथि कुटपिट साँघात्मिक हमला हुँदा समेत मानव अधिकारकर्मी चुईक्क समेत बोलेका छैनन । घटनाको काँग्रेस दार्चुलाले भत्र्सना जाहेर गर्दै दोषिमाथि कार्बाहीको माग अघि सारेको छ । अरुलाई आर्दश मानव अधिकारको पाठ सिकाउने एमाले नेता कार्यकर्ताबाटै दार्चुलाका पत्रकारदेखि अन्य दलका नेता सुरक्षित नभएको भन्दै नागरिक समाजले प्रहरीको ध्यानाकर्षण गराएको छ । दार्चुृला प्रहरीले घटनाको छानबिन भईरहेको जनाएको छ ।


Loading Viewer...

ताजा समाचार

spot_img