कञ्चनपुर:नेपाली काँग्रेस (विपी)ले सरकारलाई ज्ञापन पत्र बुझाएको छ । सोमबार विवित माग अघि सारेर विपी काँग्रेसले सरकारलाई ज्ञापन पत्र बुझाएको हो । नेपाली काँग्रेस विपी कञ्चनपुरका अध्यक्ष प्रकास बहादुर सिहले प्रशासन मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र पठाएको बताए । विपी काँग्रेस कञ्चनपुरका अध्यक्ष सिहका अनुसार समसामयिक राजनीतिक, जनताका विद्यमान समस्या समाधानका लागि पाटीका तर्फबाट सरकारलाई ज्ञापन पत्र पठाएको बताए ।

उनका अनुसार बैक ब्याजर ६,७प्रतिशत हुनुपर्ने, मुल्य नियन्त्रण, ईन्धनको मुल्य खारेजी, कृषकका लागि सेवा सुविधा, कालोधन सेतो बनाउने विधेयक फिर्ता, सम्पत्ती शुद्धिकरण अन्र्तराष्ट्रिय मापदण्ड अनुरुप हुनुपर्ने, लगायतका दर्जनौँ मागहरु रहेका छन । कञ्चनपुरका स्थानीय समस्या सीमा, लागु औषध, भारतीय पक्षबाट ज्यादती, किसानका समस्या समाधानका लागि समेत माग गरिएको छ ।







