परियोजना समापन कार्यक्रम सम्पन्न


कंञ्चनपुर:स्वीट नेपाल कंञ्चनपुरको आयोजना तथा युएनडिपी नेपाल र पुर्नबास नगरपालिकाको सहयोगमा संचालित एकिकृत जिविकोपार्जनको पहल द्धारा कोभिड १९ पुर्नप्राप्ति परियोजनाको समापन कार्यक्रम आज सम्पन्न भएको छ । युएनडिपी र पुर्नबास नगरपालिकाको आर्थिक सहयोग र स्वीट नेपालको आयोजनामा पुर्नबास नगरपालिकाको वडा न १,२,५,६,७ र ११ मा लागु गरिएको कोभिड पुर्नप्राप्ति परियोजनाको आज समापन समारोह पुर्नबास नगरपालिकाको हलमा सम्पन्न भएको छ २ करोड बजेट भएको यो परियोजनामा कृर्षि,पशुपालन,ब्यवसाहिक,उद्यमी लगायतका कार्यक्रमहरु संचालनमा ल्याई आर्यआर्जनमा बृद्धि गर्ने लक्ष्य लिएको थियो । स्वीट नेपाल कञ्चनपुरका अध्यक्ष अमिर तिरुवाको अध्यक्षता र पुर्नबास नगरपालिका नगरप्रमुख तोया प्रसाद शर्मा प्रमुख अतिथी हुनुहुन्थ्यो भने बिशिष्ट अतिथिमा पुर्नबास नगरपालिका नगरउपप्रमुख भुलिया कुमारी राना र युएनडिपीका सुदुरपश्चिम प्रदेशका प्रमुख बैजन्ती गिरी सिह हुनुहुन्थ्यो ।

कार्यक्रममा सबै वडाका वडाअध्यक्ष र कार्यपालिका सदस्यहरुको सहभागिता रहेको थियो कार्यक्रममा स्वीट नेपालका संस्थापक कृष्ण सिह देउपाले कार्यक्रमको उदेश्य र स्वीट नेपालले गर्ने कार्यक्रमका बारेमा जानकारी गराएका थिए भने कार्यक्रममा बर्षभरी कार्यक्रमबाट भएका उपलब्धीहरुका बारेमा कार्यक्रम ब्यवस्थापक अमित सुनारले प्रस्तुतीकरण मार्फत जानकारी गराएका थिए भने कार्यक्रममा किसानहरुका तर्फबाट आफुले गरेका सफल अभ्यासका बारेमा टेक ब देउपा र सनिज्ञा चौधरीले जानकारी गराएका थिए उनीहरुले स्वीट नेपालले गरेको सहयोगबाट आफुले अगालेको पेशामा दक्ष भएको र ३ लाख भन्दा बढी मुनाफा कमाएको कुरा समेत सेयर गरेका थिए कार्यक्रममा प्रमुख प्रसासकिय अधिकृत गणेश सिह ऐरीले कार्यक्रम सफल भएकोले खुसी ब्यक्त गरेका थिए । कार्यक्रममा बोल्दै नगरप्रमुख तोया प्रसाद शर्माले आफनो क्षेत्रमा यो नमुना काम गरिदिएकोमा युएनडिपी र स्वीट नेपाललाई धन्यवाद दिएका थिए उनले अझै यस्तो कार्यक्रमहरु यस क्षेत्रमा गर्नका लागी अनुरोध समेत गरेका छन । त्यसैगरी उपप्रमुख भुलिया कुमारी रानाले अझै बाकी वडाहरुलाई समेत समेटने गरी कार्यक्रम अगाडी बढाईदिनका लागी अनुरोध समेत गरेका थिए । त्यसैगरी पुर्नबास नगरपालिका वडा न ११ का अध्यक्ष तुलसी प्रसाद अर्यालले यो कार्यक्रमबाट प्रत्यक्ष रुपमा अति बिपन्न समुदायका ब्यक्तिहरु लाभान्वित भएकोमा खुसी ब्यक्त गरेका छन । यसैगरी कार्यक्रमका बिश्ष्टि अतिथी युएनडिपी नेपाल सुदुरपश्चिम प्रदेशका प्रमुख बैजन्ती गिरी सिहले गरिबहरुलाई छनौट गरी उनीहरुको जिवीकोपार्जनमा सुधार ल्याउन महत्वपुर्ण भुमीका निर्वाह गरेकोमा पुर्नबास नगरपालिका र स्वीट नेपाललाई धन्यवाद दिएका छन ।

उनले अझै यस्ता कार्यक्रमहरु आयो भने यसक्षेत्रका बाकी क्षेत्र तथा ब्यक्ति,समुदायलाई सहयोग गर्न पछि नपर्ने प्रतिबद्धता समेत जनाएका छन । कार्यक्रममा अतिथीहरुलाई खादा माला लगाई स्वीट नेपालका जेटिए लक्ष्मी बलमे गरेकी थिईन । समापन कार्यक्रमा स्वीट नेपालले साझेदारीका पुर्ण रुपमा सहयोग गर्ने नगरपालिका पुर्नबास नगरपालिका र युएनडिपीलाई प्रमाणपत्र सहित सम्मान गरेको छ संस्थाका अध्यक्ष अमिर तिरुवा र संस्थापक अध्यक्ष कृष्ण सिह देउपाले सयुक्त रुपमा प्रमाणपत्र प्रदान गरेका थिए । सोही कार्यक्रममा उत्कृष्ठ काम गरेबाफत स्वीट नेपाल संस्थालाई धन्यवाद सहित पुर्नबास नगरपालिकाका नगरप्रमुख तोया प्रसाद शर्मा र उपप्रमुख भुलिया कुमारी रानाले सयुक्त रुपमा स्वीट नेपाल लाई सम्मान गरेका थिए । कार्यक्रमको संचालन स्वीट नेपालका कार्यक्रम ब्यवस्थापक अमित सुनारले संचालन गरेका थिए । कार्यक्रममा ५० भन्दा बढी ब्यक्तिहरुको सहभागिता रहेको थियो ।


Loading Viewer...

ताजा समाचार

spot_img