कञ्चनपुर, : स्थानीय तह कर्मचारी यूनियन नेपालको प्रथम केन्द्रीय महाधिवेशनबाट सुदूरपश्चिम प्रदेशको संयोजकमा अशोक पाण्डे चयन भएका छन ।
काठमाण्डौँमा सम्पन्न भएको काँग्रेस निकट स्थानीय तह कर्मचारी यूनियन नेपालको प्रथम केन्द्रीय महाधिवेशनबाट सुदूरपश्चिम प्रदेशको संयोजकमा अशोक पाण्डे चयन भएका हुन ।पाण्डेयले केन्द्रीय सदस्य तथा सुप प्रदेशको संयोजकको जिम्मेबारी पाएका छन । कञ्चनपुरको बेलौरी नगरपालिकामा कार्यरत पाण्डेले स्थानीय तहका कर्मचारीको हकहित अधिकारका लागि पैरवी गर्ने प्रतिबद्धता जाहेर गरेका छन । पाण्डेय स्थानीय तह कर्मचारी यूनियन नेपाल सुदूरपश्चिम प्रदेशको संयोजक तथा केन्द्रीय सदस्यमा निर्बिरोध चयन भएपछि उनलाई सहकर्मीको बधाईको ओईरो छ ।







