कञ्चनपुर: सरकारी कार्यालयको कामकाजका लागि कर्मचारीलाई दिईएका सवारी साधन कार्यालयको काम भन्दा पनि निजी कामकाजमा कर्मचारीले प्रयोग गरेको पाईएको छ । कञ्चनपुरमा सरकारी सवारी साधन दुरुपयोग अझै रोकिएको छैन । केही कर्मचारीलाईले नैतिकतालाई तिलाञ्जली दिदै सरकारी सवारी साधन दुरुपयोग गरिरहेको पाईएको छ । कार्यालयको कामकाज भन्दा पनि आफ्न्त ओसार्ने, मदिरा सेवनका लागि जाँडभट्टीमा जानेदेखि एक प्रकारले सरकारी सवारी साधन दोहन गरिरहेको पाईन्छ । मुलुकमा आर्थिक संकट भईरहेको तीनै सरकारले आर्थिक मितव्ययी नीति अघि सारेपनि तिनकै कर्मचारी सवारी साधन दुरुपयोग गर्न उत्साहित भएको पाईएको छ ।

आफ्नै दाईजोमा आएको र पैतिक सम्पत्ती सम्झिएर सवारी साधन सम्झिएर कतिपयले कर्मचारीले सार्वजनिक विदाका लागि समेत समेत ईन्धनपनि कार्यालयकै दुरुपयोग गर्दै आएका छन । जनतालाई कानुन, आर्दशका कुरा सिकाउने केही कर्मचारी आफैले कानुनी उलङघन गर्दै सरकारी सवारी साधन दुरुपयोग गरिरहेका छन । झण्डै १६सय १० वर्गकिलोमिटर भूगोल रहेको कञ्चनपुरको एक निश्चित बिन्दुमा विभिन्न सरकारी सवारी साधन दुरुपयोग गरेको भेटिएको छ । १८चैत्र(शनिबार) सार्वजनिक विदाका दिन नेकपा बहमुत कञ्चनपुरका नेता कार्यकर्ताहरुले पुर्वपश्चिम महेन्द्रराजमार्ग अन्र्तरगत ट्राफिक चोक क्षेत्रमा सरकारी साधन नियन्त्रणमा लिएर ट्राफिक प्रहरीलाई बुझाएको छ । नेकपा बहमुत कञ्चनपुरका युवा नेता दिपेन्द्र सिह ऐरीले सरकारी कर्मचारीले राज्यको सम्पत्ती दोहन गरिरहेको विषयमा बहुमत निकट युवा र विद्यार्थी संगठनले निगरानी गरेको बताए । छोटो अवधीमा गरिएको निगरानीकै क्रममा चार कर्मचारीले सरकारी सवारी साधन दुरुपयोग गरिएको भेटिएको छ ।

सार्वजनिक विदाका लागि प्रशासनबाट अनुमती लिएर मात्रै सरकारी सवारी साधन प्रयोग गर्नुपर्ने भएपनि चारै कर्मचारीले बिना अनुमती निजी कामका लागि प्रयोग गरेको भेटिएपछि नियन्त्रण गरेर ट्राफिक प्रहरीलाई बुझाएका छन । उनका अनुसार बैतडी शिवनाथ गाँउपालिका, घरेलु तथा साना उद्योग कार्यालय महेन्द्रनगर, पूर्वाधार विकास कार्यालय र लालझाडी गाँउपालिका कर्मचारीले सार्वजनिक विदाका लागि सरकारी साधन दुरुपयोग गरेको भेटिएको छ । बहुमत नेता ऐरीले चारै कर्मचारीले सवारी साधन निजी काममा प्रयोग गरेको भेटिएको छ । ठुलो भूगोल भएको कञ्चनपुरको एक स्थानमा छोटो अवधिमा सरकारी साधन दुरुपयोग गरेको भेटिएको घटनाले अन्य भूगोलमा समेत चरम दुरुपयोग हुने निश्चित देखिएको छ । यसरी सरकारी कर्मचारीबाटै नियम उलङघन गरेर सरकारी सम्पत्ती दोहनबाट जनताले कर्मचारीप्रति विश्वास घटिरहेको छ ।







