कञ्चनपुर: राजतन्त्रको वकालत गर्दै आएको राप्रपा र गणतन्त्रको पक्षधर नेकपा माओवादी केन्द्रका नेता कार्यकर्ता, संसदविच अहिले पानी बराबर भईरहेको छ । संघीय संसददेखि गाँउबस्तीसम्म गणतन्त्रको पक्षधर माओवादी र राजतन्त्रको पक्षधर राप्रपाका केही नेता कार्यकर्ताविच पानी बराबर भईरहेको छ ।
तर, कञ्चनपुरमा नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी र राप्रपा निकट प्रजातान्त्रिक विद्यार्थी संगठन संयुक्त समाजिक कार्यमा जुटेका छन ।
अखिल क्रान्तिकारी कञ्चनपुरका अध्यक्ष भुवन सिह विष्ट र प्रजातान्त्रिक विद्यार्थी संगठनका अध्यक्ष मनिस पाल समाजिक कार्यमा जुटेका हुन । क्रान्तिकारीका अध्यक्ष विष्ट र प्रजातान्त्रिक विद्यार्थी संगठनका अध्यक्ष पालले शुक्रबार संयुक्त रुपमा कञ्चनपुरको एक बृद्धआश्रममा सहयोग गरेका छन ।
कञ्चनपुरका विद्यार्थी नेताद्वय विष्ट र पालले बेदकोट नगरपालिका ८मा बैजनाथ बृद्ध आश्रममा फलफुल वितरण गरेका छन । चैतेदशैँको अवसर पारेर बेसाहरा नागरिकलाई सहयोग गरेका हुन । अखिल क्रान्तिकारी कञ्चनपुरका संयोजक भुवन विष्ट र प्रजातान्त्रिक विद्यार्थी संगठनका अध्यक्ष मनिस पालले समाज परिर्वतन र बेसाहरा नागरिकका सहयोग गर्ने प्रण गरेका छन । क्रान्तिकारी र प्रजातान्त्रिक विद्यार्थीद्वय विष्ट र पालको संयुक्त रुपमा गरिएको समाजिक कार्यबाट सकारात्मक सन्देश दिएको छ ।







