बस सहित अवैध समान बरामद

कारवाहीको लागि १० क्वान्टेल चिनी सहित बस भन्सार कार्यालय गड्डाचौकीमा


कञ्चनपुर : जिल्ला प्रहरी कार्यालयको मातहतमा रहेको ईलाका प्रहरी कार्यालय झलारी र अस्थायी प्रहरी बिट कलुवापुरबा प्रहरीले गस्ती गर्ने क्रममा बस सहित अवैध समान बरामद गरेको छ ।

आज विहान ९ बजे गस्ती टोलीले शुक्लाफाँटा नगरपालिका ११ स्थित पुुर्व पश्चिम राजमार्गमा चेक जाँच गर्ने क्रममा भाडाको बस ना. ४ ख ४०२७ मा लुकाई छिपाई राखेको अवस्थामा दश क्वान्टेल चिनी फेला पारेको हो ।

रु. ७० हजार बराबरको चिनी अवैध रुपमा भन्सार छली ल्याएको हुनाले कानुन बमोजिम बरामद गरी आवश्यक कारबाहीको लागि बस सहित भन्सार कार्यालय गड्डाचौकी कञ्चनपुर पठाएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुुरले जनाएको छ ।


Loading Viewer...

ताजा समाचार

spot_img