महाकाली साहित्य सङ्गद्वारा भेटौलो रिधुरानो(बसन्त प्रावण) कार्याक्रम भव्यताका साथ सम्पन

महेन्द्रनगर : – महाकाली साहित्य सङ्गम कञ्चनपुरले एक कार्यक्रमको आयोजना गरेर महेन्द्रनगर बजारमा भेटौलो , रिधुरानो(बसन्त प्रावण) कार्याक्रम सम्पन्न गरेको छ । महाकाली साहित्य संगमको आयोजना र सामाजिक विकास कार्यालय महेन्द्रनगरको आर्थिक सहयोगमा सुदूरपश्चिमेलीहरुको भेटौलो, रिधुरानो कार्यक्रम मनाईएको हो ।
कार्यक्रमको सभापतित्व महाकाली साहित्य संगमका अध्यक्ष हरिस जोशीले गरेका थिए भने प्रमुख अतिथिमा माननिय सांसद प्रकाश रावल रहेका थिए । कार्यक्रममा विशिष्ठ अतिथीमा सुदूरपश्चिम साहित्य प्रतिष्ठानका उपकुलपति प्राध्यापक डिएन जोशी रहेका थिए । कार्यक्रममा उपस्थित दिदी बहीहरुलाई भटौलो उपहार दिईनुका साथै भडा बसन्त, गायन, छलिया, नृत लगायतका विबिध सास्कृतिक कार्यक्रम गरिएको थियो । खास गरी भेटौलो सुदूरपश्चिमको दार्चुला र बैतडीमा चैत महिना मनाईन्छ भने डोटीमा माघदेखि चैत महिना सम्ममा मनाईने गर्दछ ।
सुदूरपश्चिमको भाषा सस्कृति, परम्परालाई बचाउनको लागि कार्यक्रमको आयोजना गरिएको महाकाली साहित्य संगमका अध्यक्ष हरिस जोशीले बताए । नयाँ पिडिले बिर्सिदै गएकोलाई त्यसको जगेर्नाका लागि अवको आउने पिढिसंगै जिम्मेवारी सबैले आ–आफ्नो पक्षबाट लाग्नुपर्ने अध्यक्ष जोशीले बताए ।

ताजा समाचार

This will close in 10 seconds