कोभिड-१९ विरुद्धको फाईजर बाईभालेन्ट खोप लगाईने

कञ्चनपुर : कञ्चनपुरमा कोभिड १९ विरुद्धको थप खोप लगाइने भएको छ । चैत्र १७ गते देखी २० गते सम्म कोभिड १९ विरुद्धको फाईजर बाईभालेन्ट पहिलो बुस्टर र दोस्रो बुस्टर खोप लगाईने स्वास्थ्य कार्यालय कञ्चनपुरले जनाएको छ । बिहिवार महाकाली प्रादेशिक अस्पतालमा एक कार्यक्रम गर्दै खोप कार्यक्रमको उदघाटन गरिएको थियो । अहिले लक्षित वर्गमा ५५ वर्ष भन्दा माथी पहिलो बुस्टर लिएका गर्भवती, दिर्घ रोगी, प्रतिरोधात्मक क्षमता कम भएका पहिलो बुस्टर लगाएको ६ महिना पुगेका वर्गहरुलाई दोस्रो बुस्टर खोप लगाईने स्वास्थ्य कार्यालय कञ्चनपुर का प्रमुख दयानन्द पन्तले जानकारी दिएका छन् । अहिले जिल्लामा रहेका नौवटै पालिकामा रहेका ९६ वटा खोप केन्द्रंबाट लक्षित वर्गहरुलाई खोप दिने व्यवस्था मिलाईएको र अहिले ५५ वर्ष भन्दा माथी का सबैलाई खोप दिईने बताए । साथै जस्ले कोभिड विरुद्धको पहिलो र दोस्रो खोप लगाएका छन् उहाँहरुलाई तेस्रो खोप लगाएको कम्तिमा दोस्रो खोप लगाएको ३ महिना पुरा भएकोहुनुपर्ने र जस्ले तेस्रो खोप लगाएको छ उहाँलाई ६ महिना पुगेको भए चौथो डोज लगाउन सकिने उनले बताए ।

यो चरणमा लक्षित वर्गहरुलाई खोप प्रदान गसिकेको पछि अब को दोस्रो चरणमा १२ वर्ष भन्दा माथीका सबैलाई खोपको व्यवस्था गरिने उनले जानकारी दिए । अहिले जिल्लामा ५० हजार खोप आएको र खोपको मात्रामा कमी आए फेरी पनि खोप मगाएर सेवा दिन सकिने स्वास्थ्य कार्यालय कञ्चनपुरका प्रमुख पन्तले बताए । उनेमा कार्यक्रमका प्रमुख अतिथी रहेका जिल्ला समन्वय समिती प्रमुख दुर्गा दत्त बोहराले अहिले पनि पहिलो भन्दा दोस्रो र दोस्रो भन्दा तेस्रो खोपको मात्रा लगाउनेमा कम िआएको अवस्थामा अहिले पनि दैनिक गड्डाचौकी नाकामा २ जनामा कोरोना फेला परिरहेको अवस्थामा सम्पुर्ण स्थानिय दाजुभाईहरुले खोपको प्रयोग गर्न आग्रह गरे, अहिले पनि कोरोनाले नयाँ भेरियन्ट नयाँ स्वरुपमा आएर फेरी पनि त्रास मच्चाउन सक्ने भएकाले सबैले सावधानी अपनाएर खोप लगाउनु पर्ने उनले बताए । भोलीको दिनमा आउने भयावहको अवस्थालाई चिर्नको लागि सबै लक्षितवर्गले कोभिड विरुद्धको खोप लगाउन आग्रह गरे । कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपालप्रशाद अर्यालले कोभिड १९ को प्रारम्भिक अवस्थाको त्रासलाई हामीले भुल्न नहुने बताए ।

उक्त डर त्रास फेरी पनि आउन सक्ने भएकाले त्यसको रोकथामको एकमात्रै उपाय भनेको खोप भएकाले सबैले खोप लगाउन आग्रह गरे, खोपको महत्वलाई कम मानेर नै सबैले खोप कम लगाएको अवस्था देखिएकोले कोरोनाबाट बच्ने उपाय नै खोप भएकाले सबैले यस्को फाईदा उठाउनु पर्ने बताए । कञ्चनपुरमा अहिले सम्म ४ लाख ४५ हजार जनाले पहिलो मात्रा खोप लगाएका छन् भने, ३ लाख ६४ हजारले दोस्रो मात्रा लगाएका छन् यसैगरी तेस्रो मात्रा खोप लगाउनेको संख्या २ लाख १६ हजर ६ सय जनाले खोपको मात्रा लगाएका छन् । कञ्चनपुरमा कोरोना भाइरसको समस्या देखिए यता हालसम्म ७ हजार भन्दा बढीलाई कोरोना पोजेटिभ रहेका छन् भने, २ सय १२ जनाको कोरोनाबाट मृत्यु भएको स्वास्थ्य कार्यालय कञ्चनपुरले जनाएको छ । साथै सुदूरपश्चिममा छ लाख ४२ हजार नौँ सय ८५ को नमुना परीक्षण भइसकेको छ । नेपालमा अहिले सम्म १० लाख भन्दा बढी पोजेटिभ १२ हजार भन्दा बढीको मृत्यु, भईसकेको छ ।

ताजा समाचार

This will close in 10 seconds