कञ्चनपुर: दार्चुला समाजले पुर्णागिरीका दर्शनार्थीलाई निःशुल्क खानेपानी वितरण गरेको छ । दार्चुला समाजले समाजिक कार्य गर्ने उदेश्यका साथ कञ्चनपुर(नेपाल) प्रवेस गर्ने पुर्णागिरीका दर्शनार्थीलाई निःशुल्क खानेपानी वितरण गरेको हो । दार्चुला समाज कञ्चनपुरका सदस्य आनसिह धामीले पुर्वपश्चिम महेन्द्रनगर राजमार्ग अन्र्तरगत भीमदत्त नगरपालिका ६ ऐठपुर क्षेत्रमा निःशुल्क खानेपानी वितरण गरिएको बताए ।

उनका अनुसार निःशुल्क खानेपानी अभियानमा बालजागृती विद्यालयले समेत टेण्ट, फर्निचर उपलब्ध गराएको छ । दार्चुला समाजका अध्यक्ष भीम बहादुर साउदले समाजिक कार्य पर्यटन प्रर्बद्धनका लागि समाजका तर्फबाट सक्दो सहयोग गरेको बताए । केहीदिनसम्म खानेपानी वितरण गरिनेछ । दार्चुला समाजले पुर्णागिरीका दर्शनार्थीलाई निःशुल्क खानेपानी वितरण गरेपछि दर्शनार्थी हर्षित भएका छन ।







