कञ्चनपुर : राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन कञ्चनपुरको अध्यक्षमा हेलेन श्रेष्ठ चयन भएकी छिन । बुधबार महेन्द्रनगरमा सम्पन्न भएको राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन कञ्चनपुरको अध्यक्षमा श्रेष्ठ चयन भएकी हुन ।

उपाध्यक्ष नुहा खत्री, चन्द्रा कडायत, सचिव लक्ष्मी मल्ल, सहसचिव मानमती भट्ट, कोषाध्यक्ष राज कुमारी चौधरी, सदस्य कौसिल्लादेवी सिवाकोटी, निर्मला भट्ट, सिता विष्ट, भविसरा डाहामगर, पार्वती सुनार, अनिता सुनार, तिर्थमाया सुनार, निर्मला थापामगर, कल्पना गुरुङ्ग, मालती चन्द, लिला बम, गिता सिह, घुना शाह, अनिता भण्डारी, लबरी डगौरा, जुना दमाई, अमृता बम, भागरती चन्द, गिचा चन्द, लिला ठगुराठी(चन्द), कलावती नेपाली, तारा कार्की रहेका छन ।

राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनका केन्द्रीय अध्यक्ष अन्जना शाहको प्रमुख आथित्यमा भएको कार्यक्रममा महिला संगठनका नेता कार्यकर्ताको सहभागिता रहेको थियो । राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन कञ्चनपुरको अध्यक्षमा चयन भएकी हेलेन श्रेष्ठले महिलाको हकअधिकारको क्षेत्रमा काम गर्ने प्रण गरेका छन ।







