महेन्द्रनगरमा त्रिशक्ति सेक्युरिटीज शेयर कम्पनीको कार्यालय संचालनमा


कञ्चनपुर: कञ्चनपुरको महेन्द्रनगरमा त्रिशक्ति सेक्युरिटीज पब्लिक लिमिटेड(शेयर कम्पनी)को कार्यालय संचालनमा आएको छ । सोमबारदेखि भीमदत्त नगरपालिका ४ महेन्द्रनगर बजारमा त्रिशक्ति सेक्युरिटीज पब्लिक लिमिटेड(शेयर कम्पनी)को कार्यालय संचालनमा आएको हो । शेयर बजारका लगानीकर्ताहरुलाई सेवा प्रदानका लागि केन्द्रीय कार्यालय काठमाण्डौँ रहेको उक्त त्रिशक्ति सेक्युरिटीज पब्लिक लिमिटेड(शेयर कम्पनी)ले पोखरापछि महेन्द्रनगरमा दोस्रो शाखा विस्तार गरेको छ ।

त्रिशक्ति सेक्युरिटीज पब्लिक लिमिटेड(शेयर कम्पनी)महेन्द्रनगर शाखाका कार्यकारी अध्यक्ष टंक प्रशाद गौतमले स्तरिय सेवा सुविधा दिईने बताए । शाखा कार्यालय उद्घाटनकै दिन बजारमा जनचेतनामुलक प्रभातफेरीका साथै लगानीकर्ता सचेतना कार्यक्रम गरिएको छ । शेयरधनीहरुलाई पुँजी बजार सम्बन्धी ज्ञान अभिबृद्धिका लागि सचेतना गराईको त्रिशक्ति सेक्युरिटीज पब्लिक लिमिटेड(शेयर कम्पनी)महेन्द्रनगर शाखाका कार्यकारी अध्यक्ष गौतमले बताए । कार्यक्तमका प्रमुख अथिति जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गादत्त बोहराले स्तरिय सेवा सुविधा दिनुपर्नेमा जोडदिए ।


Loading Viewer...

ताजा समाचार

spot_img