भीमदत्त १८ मा शारिरिक अपाङगता सहायक परिक्षण शिविर सम्पन्न

कञ्चनपुर : कञ्चनपुरको भीमदत्त नगरपालिकामा शारिरिक अपाङगता सहायक परिक्षण शिविर सम्पन्न गरिएको छ । भीमदत्त नगरपालिकाको आयोजनामा नेपाल राष्ट्रिय समाज कल्याण संघको प्राविधिक सहयोग रहेको उक्त शिविरबाट २० जना बिभिन्न अपाङगता भएका व्यक्तीहरुले सेवा लिएका छन् ।

भीमदत्त नगरपालिका वडा नम्वर १८ का अध्यक्ष रविन्द्रप्रशाद देवकोटाले वडामा रहेका अपाङता भएका व्यक्तीहरुलाई कस्तो प्रकारको सहायक सामग्रीको आवस्यक रहेका छ, जस्ले गर्दा उनिहरुको दैनिकी जिवनमा हिँडडुल गर्न सहज होस भनेर यो शिविरको आयोजना गरिएको उनले बताए । अपाङगता भएका व्यक्तीहरुको आवस्यकता अनुसार उनिहरुलाई ह्विल चियर, कृत्रिम हात खुट्टाहरुको पनि व्यवस्था गरिएको उनले जानकारी दिए ।

यो कार्यक्रम भीमदत्त नगरपालिकामा रहेका १९ वटै वडामा संचालन हुने भएको छ । भीमदत्त नगरपालिका १८ ले शनिवार ज्येष्ठ नागरिकहरुका लागि निःशुल्क आँखा परीक्षण तथा उपचार शिविरको आयोजना गरेको थियो । उक्त शिविरबाट १ सय ३५ जनाले लाभ लिएका थिए ।

ताजा समाचार

This will close in 10 seconds