नगर प्रमुख बोगटी र उपप्रमुख जोशीद्धारा क्यान्सरबाट मृत्यु भएको लुहारको परिवारलाई आर्थिक तथा खाद्यान्न सहयोग

महेन्द्रनगर : क्यान्सर रोगबाट मृत्यु भएकी कञ्चनपुरको भीमदत्त नगरपालिका–१३ की ५५ वर्षिया हिरा लुहारको परिवारलाई आर्थिक तथा खाद्यान्न सहयोग गरिएको छ । भीमदत्त नगरपालिकाका नगर प्रमुख पदम बोगटी र उपप्रमुख नीलम लेखक जोशीले व्यक्तिगत रुपमा मृतक लुहारको परिवारलाई क्रिया खर्च र खाद्यान्न सहयोग गर्नुभएको हो । आइतवार नगर प्रमुख बोगटी,उप–प्रमुख जोशी र वडा नम्बर १३ का वडाध्यक्ष रामचन्द्र बोहराले लुहारको परिवारलाई भेटघाट गर्दै केही आर्थिक र खाद्यान्न सहयोग गर्नुभएको हो ।

वडाध्यक्ष बोहराले विपन्न परिवारकी महिलाको पाठेघरको क्यासरका कारण मृत्यु भएको खबर सुनाएपछि केही आर्थिक र खाद्यान्न सामाग्री सहयोग गरिएको नगर प्रमुख बोगटीले बताउनुभयो । क्यान्सर रोगबाट मृत्यु भएकी विपन्न,दलित परिवारकी हिराको परिवारलाई आफुहरुले व्यक्तिगत रुपमा केही आर्थिक रकम र चामल, दाल, फलफुल, नुन, तेल, चिनि, लगाएतका खाद्यान्न सामाग्री सहयोग गरेको नगर उपप्रमुख जोशीले बताउनुभयो । ‘बहिनीको पाठेघरको क्यानसरले आज मृत्यु भयो ।’ मृतक हिराको दिदि रिठि लुहारले भन्नुभयो ‘आर्थिक अवस्था कमजोर,किरियाकाज गर्न, अन्न(खाद्यान्नं)को समस्या थियो ।’

उहाँले अगाडी भन्नुभयो ‘मेयर,उपमेयर,वडाध्यक्ष घरमै आएर सहयोग गर्नुभयो खुशी लाग्यो ।’ नगर प्रमुख बोगटी,उपप्रमुख जोशी निरन्तर यस्ता सामाजिक कार्य गर्दै आउनुभएको छ । उहाँहरुले यसअघिपनि वडा नं. ८, ५ का क्यान्सर पिडितलाई सहयोग गर्नुभएको थियो ।

ताजा समाचार

This will close in 10 seconds