माओवादी निकट दलित मुक्ति मोर्चा पुनर्वासको अध्यक्षमा विक धन

कञ्चनपुर: नेपाल दलित मुक्ति मोर्चा पुनर्वास नगरको प्रथम नगर भेला सम्पन्न भएको छ । आइतबार नेकपा माओवादी केन्द्र निकट नेपाल दलित मुक्ति मोर्चा पुनर्वास नगरको प्रथम नगर भेला सम्पन्न भएको हो । भेलाले दलित अगुवा भेलाले मदन बिक को अध्यक्षतामा ३३ सदस्यीय दलित मुक्ति मोर्चा नगर कमिटी गठन गरेको छ । नव गठित मोर्चाको उपाध्यक्ष द्वयमा हरिकृष्ण ताम्राकार र पुर्णिामा राई परियार रहेका छन सचिवमा रबिन्द्र नकर्मि बिक तथा सहसचिवमा दिपेन्द्र सुनार र भरत नेपाली चयन भएका छन त्यसतै कोषाध्यक्षमा गोमा रसाइली चयन भएकि छन । ‘सम्पूर्ण उत्पिडित र दलित समुदाय एकजुट होऔं, माक्सवादलेनिनवाद जिन्दावाद मुल’ नारा सहित नेपाल दलित मुक्तिमोर्चा पुनर्वास नगर कमिटीले आयोजना गरेको कार्यक्रममा नेकपा माओवादीका केन्द्रीय सदस्य लोकेन्द्र लम्साल प्रमुख अतिथि रहेका थिए ।

कार्यक्रमको सम्बोधन गर्दै माओवादी केन्द्रीय सदस्य लम्सालले दलित समुदायको राजनीतिक, आर्थिक, समाजिक उत्थानका लागि माओवादीको ऐतिहासिक भूमिमा रहेको स्मरण गराए । वडा, नगर अनि जिल्ला देखि केन्द्रसम्म संगठन निर्माणलाई तिब्रता दिनुपर्ने बिषयमा जोडदिदै माओवादी पार्टीको सफलता संगै सिङ्गो दलित बर्ग संघर्ष ले सफलता हासिल गर्ने जिकिर गरेका छन । अझै पनि दलित समुदाय ढोका सम्म मात्रै पहुँच भएको टिप्पणी गर्दै दलित समुदायले परिवर्तनका लागि ढोकामा पुगेर सफल हुंदैन भान्छामा पुग्नै पर्ने साथै डाढुपन्योको जिम्मेवारी लिनैपर्ने केन्द्रीय सदस्य लम्सालले बताए । कार्यक्रममा माओवादी केन्द्रीय सदस्य ओम प्रकाश पुनले भेलालाई पार्टीको विचार सिद्धान्त तथा दलित आन्दोलनको महत्वका बिषयमा प्रशिक्षण दिंदै दलित बर्ग उत्थानका निमित्त सम्पूर्ण दलित एकजुट हुन जरुरी रहेको बताए । दलित बर्गलाई दोहोरो चुनौती रहेको भन्दै एकातिर पार्टीको मुल सिद्धान्त , विचार मा आफुलाई समाहित गर्नुपर्ने चुनौती छ भने अर्कोतिर जातीय विभेद , छुवाछूत बिरूद्ध क्रान्ति गर्ने जिम्मेवारी बहन गर्नुपर्ने चुनौती रहेको बताए । हिजोको सामन्तवादले हाम्रो गुमायर शोषण गरेको छ भने पछिल्लो समय पुञ्जीवाद बर्गले दलितलाई शोषण गरेको बताए ।

कार्यक्रममा नेकपा माओवादी सुदूरपश्चिम प्रदेश कमिटी सचिव सहबिर सुनारले १६५ संघिय निर्वाचन क्षेत्रमा पार्टी ले संगठन विस्तार गर्ने अभियान लाई तिब्रता दिएको छ । वठा कमिटी देखि नगर कमिटी , जिल्ला कमिटी हुँदै प्रदेश कमिटी विस्तार गर्दै छ र पार्टी सुदृढीकरण कै क्रममा पार्टी ले विभिन्न जनवर्गीय संगठन लाई विस्तार गर्ने अभियान मा सक्रिय भएको सुनारले जानकारी दिए । कार्यक्रममा माओवादी केन्द्रीय लेखा आयग सल्लाहकार सदस्य बिरबल बिस्वकर्मा , सुदूरपश्चिम प्रदेश कमिटी सहसचिव रामबहादुर देवकर , प्रदेश कमिटी सदस्य दिपक बिसी , दलित मुक्तिमोर्चा केन्द्रीय सदस्य तथा सुदूरपश्चिम प्रदेश ईन्चार्ज विनिता वड , प्रदेश कमिटी सदस्य सीता बिक , प्रदेश कमिटी सल्लाहकार सदस्य पदम परियार , पुनर्वास नगर कमिटी अध्यक्ष धोखे राना लगायतको उपस्थिति रहेको थियो । दलित मुक्तिमोर्चा पुनर्वास नगर कमिटी अध्यक्ष मदन बिकको सभापतित्वमा भएको कार्यक्रम मा स्वागत नगर कमिटी सदस्य मान सिंह एस के ले गरेका थिए भने कार्यक्रमको सञ्चालन नगर कमिटी सचिव सुर्य बिकले बताए ।

ताजा समाचार

This will close in 10 seconds