सुप विश्वविद्यालयमा स्ववियु निर्वाचन बारे वार्ता निष्कर्षबिहिन

कञ्चनपुर : सुदूरपश्चिम विश्वविद्यालयमा २१चैत्रमा गर्ने स्वतन्त्र विद्यार्थी निर्वाचन बारे वार्ता निष्कर्षबिहिन भएकोछ । परीक्षाकै मुखमा चुनाव राखिएको भन्दै बिबिएसका विद्यार्थीले निर्वाचन समितिको कार्यालयमा तालाबन्दी गरेपछि त्यस विषयमा शनिबार पनि विद्यार्थी संगठनविच वार्ता भएको थियो । वार्तामा अधिकाँस विद्यार्थी संगठनले बिबिएसका विद्यार्थीलाई समेत चुनावमा सहभागि गराउनुपर्ने वातावरण तय गराउनुपर्ने प्रस्ताव अघि सारेका थिए ।

अखिल क्रान्तिकारी कञ्चनपुरका नेता हेमन्त अवस्थीले वार्ता बिना निष्र्कष टुङगिएको बताए । ‘बैठकमा विद्यार्थी संगठनले चैत्र ८ को चुनाव सारेर १४ मा पु¥याईयो, १४बाट २१मा पु¥याईयो भन्दै क्याम्पस प्रशासनसंग प्रशन गरेका थिए, ‘उनले भने, ‘क्याम्पस प्रशासनले विद्यार्थीका कुनैपनि मागप्रति गम्भिर भएको देखिएन ।’ उनका अनुसार विप्लव निकट क्रान्तिकारीले ताला खोलेपनि स्वतन्त्र विद्यार्थीले ताला नखुलाएपछि वार्ता निष्र्कषमा पुगेन ।

विश्वविद्यालयको नियत नै चुनाव नगराउने भएपछी विद्यार्थीलाई समस्या पार्नेगरी मिति तयगर्नेदेखि अनेकन किसिमका कार्यबिधी ल्याएर अप्ठेरोमा पार्ने काम गरेपछि चुनावी वातावरण तय नभएको आरोप लगाएका छन ।

ताजा समाचार

This will close in 10 seconds