कञ्चनपुर: नेकपा माओवादी केन्द्र बैतडीका युवा नेता अर्जुन राना(सुमन)ले स्वतन्त्र विद्यार्थी यूनियन(स्ववियु) निर्वाचित अखिल क्रान्तिकारी सहितका विद्यार्थीलाई डायरी दिएका छन । बैतडीको सेटिगाँउ बहुमुखी क्याम्पस डिलासैनीमा अखिल क्रान्तिकारीले स्ववियू निर्वाचन जितेको थियो ।

शनिबार एक कार्यक्रमका विच निर्वाचित स्ववियु पदाकारी, क्रान्तिकारी नेता एव पार्टीका स्थानीय नेताकार्यकर्तासंग विद्यार्थीको हकहितका विषयमा आयोजित कार्यक्रममा नेता रानाले विद्यार्थीलाई डायरी दिएका हुन । अखिल क्रान्तिकारीका नेता तिलक मालले निर्वाचित टिमलाई बधाई दिदै नेता सुमनले विद्यार्थीका समस्या समाधानका लागि मायाको चिनो सहित डायरी दिएको बताए ।







