सम्बृद्धिका लागि कृषि विकासमा जोड

कञ्चनपुर : कञ्चनपुरका सरोकारवाला निकायका प्रतिनिधीले सम्बृद्धिका लागि कृषिको आधुनिकीकरण, व्यवसायीकरण एव विकासमा जोडदिएका छन । कृषि ज्ञान केन्द्र कञ्चनपुरले शुक्रबार महेन्द्रनगरमा आयोजना गरेको योजना तर्जुमा बैठकमा सहभागि सरोकारवाला पक्षले सम्बृद्धिका लागि कृषिको आधुनिकीकरण, व्यवसायीकरण एव विकासमा जोडदिएका हुन । स्थानीय किसान, विभिन्न कृषिसंग सम्बन्धीत सरकारी कार्यालयका प्रतिनिधी एव जनप्रतिनिधीले सम्बृद्धिका लागि कृषि विकासमा जोडदिएका छन । किसान खेमराज ऐरीले कृषिलाई आधुनिक तरिकाबाट अघि बढाउनुपर्ने सुझाव दिएका छन । जिल्लाका जनप्रतिनिधीले समेत कृषि विकासका लागि आ–आफ्नो पालिकामा कृषिका थुप्रै योजना अघि सारेको बताएका छन । बेलौरी नगरपालिका प्रमुख पोतिलाल चौधरीले कृषिबस्तुको उत्पादन, बजारीकरणमा र व्यवसायिकरणका लागि पालिकाले योजना अघि सारेको बताए । बेदकोट नगर उपप्रमुख तुलसी जोशीले कृषि आयात निरुत्साहित हुनुपर्ने जोडदिए ।
शुक्लाफाँटा नगर प्रमुख रण बहादुर महराले पालिकामा कृषि विकासका लागि थुप्रै कार्यक्तम अघि बढाईएको बताए । बरिष्ठ कृषि विकास अघिकृत गोकुल बोहराले प्रदेशको आर्थिक विकासका लागि कृषि विकासमा जोडदिदै प्रविधिमा किसानको पहुँच पु¥याउने र बहुउदेश्यीय गौशाला निर्माण हुनुपर्ने बताए । बरिष्ठ कृषि विकास अधिकृत बोहराले अनुदान कटौतीमा जोडदिए । कृषि ज्ञान केन्द्र कञ्चनपुरका निमित्त प्रमुख हरिदत्त जोशीले कृषि विकासका लागि सबै सरोकारवाला अग्रसरमा जोडदिए । कार्यक्रममा जिल्ला स्तरिय कृषि विकास समिति समेत गठन गरिएको छ । जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गादत्त बोहरको अध्यक्षतामा १७ सदस्यीय समिति विस्तार गरिएको छ ।
जिल्लाका सबै पालिका प्रमुख सदस्य, उद्योग वाणिज्य संघ, पशु विज्ञ केन्द्र प्रमुख, किसानबाट असारे बडायक, शिक्षकबाट नरेन्द्रराज जोशी, सदस्य सचिव कृषि ज्ञान केन्द्र रहने छ । उक्त समितिले जिल्लाको कृषि विकासका लागि कार्यक्रम संचालन गर्नेछ । कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गा दत्त बोहराले आर्थिक विकासका लागि कृषि क्षेत्रको विकास अपरिहार्य रहेको औल्याउँदै रसायनिक मल प्रतिस्थापन गर्दै प्राङगारिक मलमा जोडदिए । कृषि बस्तु तथा सेवा उत्पादनमा जोडदिए । कृषि ज्ञान केन्द्र कञ्चनपुरका प्राविधिक सहायक जनक बहादुर सिहले संचालन गरेको कार्यक्रममा कृषिसंग सरोकार राख्ने विभिन्न क्षेत्रबाट सहभागिता रहेको थियो ।

ताजा समाचार

This will close in 10 seconds