छिट्टैमन्त्री मण्डल विस्तार हुन्छ :मुख्यमन्त्री शाह


 कञ्चनपुर : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले छिट्टैमन्त्री मण्डल विस्तार हुने बताउनुभएको छ । बुधबार महेन्द्रनगरमा नेपाल पत्रकार महासघ शाखा कञ्चनपुरले स्वागत एव सम्मान कार्यक्रममा बोल्दै मुख्यन्त्री शाहले छिट्टैमन्त्री मण्डल विस्तार हुने बताएका हुन । मुख्यमन्त्री शाहले देखिने र प्रभावकारी योजना ल्याउने बताए । ‘टुक्र्राटाक्क्री योजना होईन, अब ठुला योजना ल्याउँछौँ, ‘मुख्यमन्त्री शाहले भने, ‘अब गल्ती वा झोलाबाट होईन, वडा स्तरबाट आउने योजना प्राथमिकता दिन्छौँ ।’

मुख्यमन्त्री शाह समक्ष नेपाल पत्रकार महासंघ कञ्चनपुरका अध्यक्ष माधव सिह धामीले पत्रकारको बृद्धि विकासका लागि प्रदेश सरकारले आवश्यक सहयोगको अनुरोध गर्नुभयो । मुख्यमन्त्री शाहको स्वागत कार्यक्रममा नेपाल पत्रकार महासंघ कञ्चनपुरका सचिव राजेन्द्र प्रशाद अवस्थीले समान रुपमा पत्रकारको बृद्धि विकासका योजना ल्याउन आग्रह गरे । कार्यक्रममा प्रदेश सभा सदस्यद्वय विक्रम धामी, गिता चौधरी, भीमदत्त नगरका मेयर पदम बोगटी सहितका पत्रकारको उपस्थिति रहेको थियो ।


Loading Viewer...

ताजा समाचार

spot_img