कञ्चनपुर : नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियूले चैत्र ८ मा हुने सुदूरपश्चिम विश्वविद्यालय केन्द्रीय क्याम्पसको चुनाव सार्नु विश्वविद्यालयको षड्यन्त्रमुलक काम भएको टिप्पणी गरेको छ । ८ गते सबै विद्यार्थी संघ संगठनको साथ सर्मथन हुँदाहुँदै आफु अनुकुल सारेर २१ मा पु¥याउने कार्य षड्यन्त्रमुलक काम भएको टिप्पणी गरेको हो । २१ मा चुनावको मिति तय गरेर विश्वविद्यालय जस्तो केन्द्रीय क्याम्पसमा ५ सय रुपैयामा विद्यार्थी भर्ना गराएर फर्जी मतदाता बनाउने र हजारौँ विद्यार्थीलाई अधिकारबाट बञ्चित गराउने खेल भएको टिप्पणी गरिरहेको बुझिन्छ । मंगलबार अनेरास्ववियूका कञ्चनपुर संयोजक प्रज्वल कुँवर नेतृत्वमा गएको अनेरास्ववियूको टोलीले केन्द्रीय क्याम्पसमा डेलिगेशन दिदै स्ववियु निर्वाचन आफुअनुकुल गर्न खोजिएर त्यस बिरुद्धमा आन्दोलनको चेतावनी दिएका छन

संयोजक कुँवर सहित तोयराज जोशी, क्याम्पस इकाई अध्यक्ष कविराज अवस्थी, रमेश शाह सहितका अनेरास्ववियू नेताहरुकाले क्याम्पस प्रमुख कुम्भ बहादुर चन्द र निर्वाचन समितिका संयोजक तोरण प्रशाद भट्टलाई भेटेर चैत्र ८मा उपयुक्त वातावरण हुँदाहुँदै सारेर २१ पु¥याउने काम किन भयो ? भन्दै प्रशन गरेका छन । अनेरास्ववियू कञ्चनपुरका संयोजक कुँवरले समग्र विद्यार्थीको हकहितका लागि हुने स्ववियु निर्वाचनमा क्याम्पस प्रशासनबाट भईरहेको षड्यन्त्रण बिरुद्धमा अनेरास्ववियूले खरो भए भएर उत्रिने बताए । ८ गतेको चुनाव सारेर २१मा पु¥याउने काम निन्दनिय छ, ‘उनले भने, ‘अब समग्र विद्यार्थीको हकहितलाई ध्यान दिएर समय निर्धारण गर्नुपर्छ ।

अनेरास्ववियूले नियमावली संशोधन गरेरै भएपनि सबै विद्यार्थीलाई चुनावमा सहभागि गराउनुपर्ने बताए । नियमावलीमा परीक्षा दिईसकेपछि स्वत कार्यकाल सकिने प्रावधान राखेर जितेर गएका विद्यार्थीको अवस्था उस्तै हुने र स्ववियू भएको औचित्य समेत नहुने भएकाले नियमावली संशोधनको माग अघि सारेका छन । यस्तै बिबिएस तेस्रो र चौथो सेमेष्टरको आउँदो २४चैत्रदेखि हुने परीक्षालाई समेत मध्य नजर गर्दै अघि बढ्नुपर्ने बताए । ‘उहाँ क्याम्पस प्रमुख र निर्वाचन समितिले हाम्रो संगठनले अघि सारेका विषय सुनेर माथिल्लो निकायमा पु¥याउने आश्वासन दिएका छन, ‘उनले भने, ‘फर्जी काम बन्द नभए अनेरास्ववियूले शसक्त रुपमा प्रतिवाद गर्छ ।’







