कञ्चनपुर : श्री शुभलक्ष्मी कृषि सहकारी संस्था लि.को १३औं साधारण सभा सम्पन्न भएको छ। संस्थाले सोमबार आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथि भीमदत्त नगरपालिका का मेयर पदम बोकटी रहेका थिए।विशिष्ट अतिथीमा भीमदत्त नगरपालिका उप मेयर निलम जोशी रहनु भएको थियो ।

सहकारी संस्थाका अध्यक्ष माया भट्टको अध्यक्षतामा कार्यक्रममा सञ्चालन भएको थियो । सहकारी संस्थाको वार्षिक प्रगति प्रतिवेदन मन्जु बाब्लीले पेश गरेका थिए। निम्न अाय भएका महिलाहरुको जिविकोपार्जन मा सुधार गर्न संस्थाले कार्य गर्दै आएको छ। संस्थाले हिंसा मा परेका महिलाहरुको लागि अल्पकालीन सेवा केन्द्र मार्फत सेवा प्रदान गर्दै आएको छ।

हिंसा प्रभावित महिला तथा बालबालिका को लागि सामुदायिक सेवा सन्चालन र अन्य समुदायमा अावश्यक जनचेतना मुलक कार्यक्रम सञ्चालन गर्दै आएको छ। अल्पकालीन सेवा केन्द्र प्रमुख मन्जु केसी ले कार्यक्रम सञ्चालन गर्नुभएको थियो।







