एमाले बेडाँडीका युवा नेता पौडेल संसद तामाङ्गको स्वकीय सचिवमा नियुक्त


कञ्चनपुर: नेकपा एमाले बेलडाँडी कञ्चनपुरका युवा नेता ईन्द्र पौडेल प्रतिनिधी सभा सदस्य तारालामा तामाङ्गको स्वकीय सचिवमा नियुक्त भएका छन । अनेरास्ववियुका केन्द्रीय नेता समेत रहेका पौडेल प्रतिनिधी सभा सदस्य तामाङ्गको स्वकीय सचिवमा नियुक्त भएका हुन ।

गत मंसिर ४ मा सम्पन्न भएको प्रतिनिधी सभा सदस्य निर्वाचनमा तामाङ्ग एमालेबाट प्रतिनिधी सभा सदस्यमा निर्वाचित भएका थिए । संसदहरुलाई चुनाव जित्नु अघि नेता कार्यकर्ता चाहिने जितेपछि आफन्तलाई स्वकीय सचिव राख्दै आएको परम्परा तोड्दै संसद तामाङ्गले बेलडाँडीका युवा नेता पौडेलाई स्वकीय सचिव राखेका छन । झण्डै डेढ दशकदेखि अनेरास्ववियुको राजनीतिमा सकृय रहेका पौडेल ईन्जिनियर पनि हुन ।

अनेरास्ववियु केन्द्रीय कमिटिमा चर्चित रहेका पौडेल प्रतिनिधी सभा सदस्य तामाङ्गको स्वकीय सचिवमा नियुक्त भएसंगै बेलडाँडी सहित समग्र कञ्चनपुर क्षेत्र १को बृद्धि विकास युवाका समस्या समाधानका लागि अपेक्षा गरिएको छ । पौडेल स्वकीय सचिवमा नियुक्त भएसंगै उनका सहकर्मी हर्षित हुँदै बधाई तथा शुभकामनाको ओईरो दिईरहेका छन ।


Loading Viewer...

ताजा समाचार

spot_img