अपाङ्गता भएका कृषकले भीमदत्त नगरपालिकामा तालाबन्दी गरे


कञ्चनपुर : अपाङ्गता भएका कृषकले कञ्चनपुरको भीमदत्त नगरपालिका तालाबन्दी गरेका छन । आइतबार अपाङ्गता भएका कृषकले भीमदत्त नगरपालिकामा तालाबन्दी गरेका हुन । अपाङ्गता कृषक समुह र श्रमजिवी कृषक अपाङ्गता समुहले भीमदत्त नगरपालिका कृषि शाखामा तालाबन्दी गरेको हो ।

आफन्तलाई अनुदान दिने देखि अनियमितता गरेको भन्दै आर्थिक विकास शाखा, कृषि पशुपन्क्षी विकास उपशाखामा अनिश्चितकालिन तालाबन्दी गरिएको छ । अपाङ्गता कृषक समुहका अगुवा मनोज चन्दले कृषि शाखाबाट बदमासी भएपछि बाध्य भएर तालाबन्दी गरेको बताए । माग पुरा नहुँदासम्म तालाबन्दी यथावत रहनेछ ।


Loading Viewer...

ताजा समाचार

spot_img